अनुभवी अर्थशास्त्री अर्थमन्त्री नियुक्तिको माग

काठमाडौं, फागुन २२ । निजी क्षेत्रका प्रतिनिधिहरुले सत्ता समीकरणमा आएको फेरबदसँगै अर्थ मन्त्रालय नेतृत्वविहीन भएको भन्दै तत्काल नयाँ मन्त्री नियुक्तिको माग गरेका छन् । अर्थतन्त्र संकटमा रहेको अहिलेको अवस्थामा अर्थतन्त्र बारे सुझबुझ भएको अनुभवी व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्वेवारी दिनुपर्नेमा उनीहरुको जोड छ । राजनीति भन्दा पनि अर्थतन्त्र बुझेको अनुभवी अर्थशास्त्री अर्थतमन्त्री हुनुपर्ने निजी क्षेत्रको राय […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सङ्कटमा छ भन्नु गलत हाे : अर्थमन्त्री शर्मा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गर्नुभएको छ । आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताउनुभएको हो । देशको अर्थतन्त्रमा सङ्कट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीतिक व्यक्तित्वलाई उहाँको आग्रह छ ।  गभर्नर अधिकारीले  निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थत...

ढकालले हराए पूर्वअर्थमन्त्री र अर्थशास्त्री

चितवन १ बाट प्रतिनिधिसभामा पटक पटक प्रतिनिधित्व गरेका तथा अर्थमन्त्री समेत भइसकेका सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोग छाडेर राजनीतिमा होमिएका अर्थशास्त्री विश्वनाथ पौडेलले एकसाथ पराजय ब्यहोरेका छन् । अर्थतन्त्रका ‘विज्ञ’ दुवैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले हराएका हुन् ।

चितवन–१ मा दुई अर्थशास्त्रीबीच भिडन्त, कसले मार्ला बाजी ?

हेटौंडा : मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्।आसन्न आम निर्वाचन चितवनको निर्वाचन–१ मा रोचक हुने देखिएको छ। चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीचको प्रतिष्पर्धा रोचक हुने देखिएको हो। यी दुवै

बजेटमा सबैको स्वामित्व रहेको अर्थमन्त्री शर्माको भनाइ

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले सरकारले आइतबार ल्याएको बजेटमा सबैको स्वामित्व रहेको बताएका छन । समाजका सबै पक्षसँग छलफल गरी बजेट बनेको भन्दै अर्थमन्त्री शर्माले सबैको साथ सहयोग पाएमा बजेट कार्यान्वयन हुने बताए । अर्थमन्त्री शर्माले बजेट निर्माण गर्ने क्रममा विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेको बताए । ‘मैलै युवा, महिला, दलित, व्यवसायी, पछि परेको क्षेत्र, अर्थशास्त्री, बैंकर […]

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सम्पन्न, निष्कर्ष सरकार र दललाई बुझाइने

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ । सम्मेलन चैत ११ र १२ गते काठमाडौंमा चलेको थियो । अर्थतन्त्रमा विद्यमान समस्याबारे गहन छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण निम्ति आधारशिला तयार पार्ने उद्देश्य सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत,

अर्थशास्त्री सम्मेलनमार्फत आउने सुझाव कार्यान्वयनमा आउँछ : अर्थमन्त्री शर्मा

चैत ११, काठमाडौं । सरकार, राजनीतिक नेतृत्व तथा अर्थशास्त्री बीच महत्वपूर्ण आर्थिक मुद्दामा साझा धारणा बनाउने उद्देश्यले राजधानीमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७८ शुरु भएको छ ।             राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा भएको दुई दिने सो सम्मेलनमा मुलुकको वर्तमान आर्थिक परिदृश्य, आर्थिक समृद्धिका चुनौती तथा समाधानका उपायका सम्बन्धमा बृहङ्गम छलफल हुनेछ ।             साझा आर्थिक नीति निर्माणको पहलकदमी लिई आर्थिक समृद्धि तथा समुन्नत नेपाल निर्माणमा योगदान गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको आयोजकले बताएको छ । सम्मेलनमा राजनीतिज्ञ, अर्थशास्त्री, नीति निर्माणकर्ता, कर्मचारी तथा विश्वविद्यालयका प्राज्ञिक वर्गको सहभागिता रहेको छ ।             सम्मेलनका क्रममा शनिवार आत्मनिर्भर र समुन्नत अर्थव्यवस्थाको निर्माण गर्न चाल्नुपर्ने कदमलगायत विभिन्न आठ शीर्षकमा कार्यपत्र प्रस्तुत हुनेछ । अर्थशास्त्रीहरु डा जीवन अम्गाईं, हरि रोका, डा मीनबहादुर श्रेष्ठ, डा गणेशराज जोशी, सुनीलकुमार पौडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने समाजका अध्यक्ष गङ्गाबहादुर थापाले जानकारी दिए ।             सम्मेलनमार्फत न्यून आर्थिक वृद्धि, गरिबी, असमानता, बेरोजगारी, निर्वाहमुखी कृषि, न्यून पूँजीगत खर्च, उच्च मुद्रास्फीति, उच्च व्यपार घाटा, कमजोर पूर्वाधार तथा औद्योगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र, आयातमुखी राजस्व जस्ता आर्थिक मुद्दामा बहस गरी समाधानसहित सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइने उनले बताए ।           सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सम्मेलनमार्फत आउने सुझावलाई सरकारले कार्यान्वयनमा ल्याउने बताए । राष्ट्रिय पूँजीमार्फत समावेशी विकास र समानुपातिक वितरणमा सरकारको ध्यान गएको उल्लेख गर्दै उनले संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य प्राप्तिको दिशामा सरकार अगाडि बढेको बताए।             कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अर्थशास्त्रीहरूले तथ्याङ्क पेस गरेर समास्या देखाउने मात्र नभई समाधानका उपाय पनि सुझाउनुपर्ने बताए । उनले तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण गर्न उदारवाद र साम्यवादभन्दा माथि उठेर सर्वदलीय पहलकदमी लिनुपर्ने बताए।             नेकपा (एमाले) का नेता घनश्याम भुसालले मुलुकको आर्थिक दिशालाई मोड्न अर्थशास्त्रीहरुले ठोस सुझाव दिनुपर्ने बताए । उनले राष्ट्रिय पूँजीको विकास, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, कृषिमा अल्झिएको ठूलो जनशक्तिलाई स्थानान्तरण नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए ।             नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले हरित अर्थतन्त्रको निर्माण, पर्यटन, कृषि तथा सूचनाप्रविधि उद्योगमा लगानी बढाउनुपर्ने, व्यापार घाटा न्यूनीकरण गर्न विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिनुपर्ने बताए । उनले पेट्रोलियम पदार्थमा आधारित यातायात प्रणालीलाई परिवर्तन गरी विद्युतीय सवारीको प्रयोगलाई अनिवार्य गर्नुपर्ने बताए।             नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले जनतालाई प्रतिफलको हिस्सेदार बनाउने आर्थिक नीति लिइनुपर्ने बताए । उनले उत्पादन संरचनामा राज्यको उपस्थितिसहित निजी क्षेत्रलाई पनि भूमिका दिएर अगाडि बढ्नुपर्ने बताए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य हासिल गर्न आयोगले योजना तर्जुमा गर्दै आएको बताए।             सो अवसरमा ‘नेपाली अर्थतन्त्रका परिदृश्य र समसामयिक मुद्दा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै समाजका उपाध्यक्ष डा जीवन अम्गाईले कृषिको रुपान्तरण, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, श्रमशक्तिको उपयोग, उद्यमशीलताको विकास र रोजगार सृजनाको विषयमा लक्ष्य तथा योजना तयार गरेर कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । रासस

ऐन कानुनहरु पनि आर्थिक वृद्धिमैत्री छैनन्, सुधार्न खोज्दैछौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ऐन कानुनहरु पनि विकास तथा आर्थिक वृद्धिमैत्री नभएको बताएका छन् । आज (शुक्रबार)देखि काठमाडौँमा सुरु भएको अर्थशास्त्री सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले नीतिगत सुधारहरु नहुँदा पनि धेरै विकास हुन नसकेको बताएका हुन् । ‘हाम्रो जङ्गलमा काठ कुहिएका छन्, उता विदेशबाट काठ आयात गर्नुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘जङ्गलमा कुहिन्छन् तर चलाउन पाइँदैन, […]

रहेनन् वरिष्ठ अर्थशास्त्री डा थापा

वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६ः३० को समयमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९  महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकक