आजदेखि दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन

काठमाडौं : दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्न लागेको हो।सम्मेलन दिउँसो २ बजे राष्ट्रियसभा गृहमा सुरु हुनेछ। अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने आयोजक संस्थाले जनाएको छ।दुईदिने स