अर्थतन्त्रको मामिलामा चरणबद्ध रुपमा चुक्यौंः अर्थशास्त्री

काठमाडौं, २५ फागुन । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले अर्थतन्त्रलाई उकास्न चरणबद्ध रुपमा चुकेको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थशास्त्री डा. अधिकारीले भने, “आज अर्थतन्त्रका सूचकहरुले जटिल मोडमा पुगेको देखाउँछन् । हामी अत्यन्त सतर्क र सजग हुनुपर्ने स्थितिमा पुगेका छौं । महामारीका कारण अथाह […]

सम्बन्धित सामग्री

चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थशास्त्री

धनुषा । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दशैं सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दशैं सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा खर्च गर्नाले अर्थतन्त्र चलायमान भइरहेको हुन्छ । आधिकांशले चाडपर्वका बेला अन्य समयमा भन्दा बढी खर्च गर्ने भएकाले पनि अर्थतन्त्र चलायमान छ भन्ने देखाउँछ । “वर्षभरि कर्मचारीले थप एक महिनाको तलब पाउँछन् । थप तलब दशैं खर्चका लागि दिइने पुरानो चलन हो । यो समयमा बजारमा पैसा चलायमान हुने भएकाले चाडपर्वलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्वका रुपमा मान्न सकिन्छ”, अर्थशास्त्री डा सुरेन्द्र लाभले भने । उनका अनुसार दशैं तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्धलगायत हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो । “पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले चाडपर्व विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेकाले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्”, डा लाभले भने, “कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ ।” दशैंमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडाका साथै अन्य खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थकोसमेत कारोबार बढ्ने व्यवसायीको भनाइ छ । जनकपुरमा मात्र हरेक वर्ष दशैंमा २५ हजार खसिबोका खपत हुँदै आएको छ । यसरी वर्षमा एक पटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उनीहरुका अनुसार दशैं र तिहार जस्ता पर्वले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । पछिल्ला वर्षमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्री बताउँछन् । विदेशमा बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार औषतमा दशैंताका करिब रु १०/१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन । दशैंदेखि छठ पर्वसम्म बजारमा करिब ५ अर्ब रुपैयाँको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै वृहत रहेको अर्थशास्त्री डा लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय भएको उनले बताए । दशैं आसपासको समयमा मात्रै अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए । उनका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ । “यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा दशैंको निकै चहलपहल बढेको छ । आजदेखि दिपावली अर्थात लक्ष्मी पूजाले गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ”, उनले भने । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा मानिसको भीड लागेको छ । जनकपुरका मुख्य बजार शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ । गाउँदेखि सहरसम्म धुमधामका साथ मनाइने यस्ता पर्वमा व्यापारसमेत बढ्ने गर्दछ । रासस

आजदेखि दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन

काठमाडौं : दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्न लागेको हो।सम्मेलन दिउँसो २ बजे राष्ट्रियसभा गृहमा सुरु हुनेछ। अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने आयोजक संस्थाले जनाएको छ।दुईदिने स

अनुभवी अर्थशास्त्री अर्थमन्त्री नियुक्तिको माग

काठमाडौं, फागुन २२ । निजी क्षेत्रका प्रतिनिधिहरुले सत्ता समीकरणमा आएको फेरबदसँगै अर्थ मन्त्रालय नेतृत्वविहीन भएको भन्दै तत्काल नयाँ मन्त्री नियुक्तिको माग गरेका छन् । अर्थतन्त्र संकटमा रहेको अहिलेको अवस्थामा अर्थतन्त्र बारे सुझबुझ भएको अनुभवी व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्वेवारी दिनुपर्नेमा उनीहरुको जोड छ । राजनीति भन्दा पनि अर्थतन्त्र बुझेको अनुभवी अर्थशास्त्री अर्थतमन्त्री हुनुपर्ने निजी क्षेत्रको राय […]

अर्थतन्त्रमा जादुगरी सुधार हुन सक्दैनः अर्थशास्त्री

काठमाडौं, १० जेठ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले आज सार्वजनिक हुन लागेको सरकारको नीति तथा कार्यक्रम जनजीवन सहज हुने किसिमले आउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले भने, “पछिल्लो समय मूल्यवृद्धि असीमित हुँदै गएको छ । विदेशी मुद्राको सञ्चिती घटेको छ, बजारमा […]

दक्षिण एसियामा आउने वैदेशिक लगानीको ८६ प्रतिशत भारतमा आउँछ : अर्थशास्त्री वाग्ले

अर्थशास्त्री अच्युत वाग्लेले दक्षिण एसियामा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को अधिकांश हिस्सा भारतमा मात्रै आउने गरेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको ‘मेक इन नेपाल’ सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।‘दक्षिण एसियामा आउने कूल एफडीआईको ७६ प्रतिशत भारतमै आउँछ,’ उनले भने, ‘त्यसपछि बंगलादेशमा बाँकी अलिअलि आउँछ । नेपालमा १ प्रतिशत पनि आउँदैन ।’ उनले विदेशी लगानीको नजरमा नेपाल सबैभन्दा न्यून प्राथमिकतामा पर्ने बताए ।यस्तै, लगानीकर्ताको

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन सम्पन्न, निष्कर्ष सरकार र दललाई बुझाइने

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ । सम्मेलन चैत ११ र १२ गते काठमाडौंमा चलेको थियो । अर्थतन्त्रमा विद्यमान समस्याबारे गहन छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण निम्ति आधारशिला तयार पार्ने उद्देश्य सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत,