ओनसरीलाई काठमाडौंले गरेन अनुमोदन, पूर्वसभामुख पराजित

पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती पराजित बनेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी उनी जनताबाट अनुमोदित हुन नसकेकी हुन् । उनी २०७२ देखि २०७४ सालसम्म सभामुख भएकी थिइन् । उनै घर्ती २०७९ को निर्वाचनमा चौथो भएकी हुन् । सो काठमाडौं २ ले हालै स्थापित भएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका उम्मेदवारलाई अनुमोदन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतमलाई जनताले अनुमोदित गरेका हुन् ।

सम्बन्धित सामग्री

हृदयेश त्रिपाठीको ओरालो यात्रा, पार्टीका सबै उम्मेदवारको पराजय

२०७८ मंसिर २८ गते पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलाई साथमा राखेर आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका हृदयेश त्रिपाठी आम निर्वाचन २०७९ मा प्रतिनिधिसभा सदस्यमा पराजित भए । यतिमात्र होइन, उनको पार्टीबाट कसैले पनि जित हासिल गर्न सकेन ।जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग पराजित भए । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत ल्याए । त्रिपाठी सात हजार १८७ मतान्तरले पराजित

सुवास नेम्वाङको संघर्षपूर्ण जित, ११४ मतान्तरले भए सातौँपटक सांसद

काठमाडौंः पूर्वसभामुख सुवास नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन्।  नेम्वाङले ३० हजार २० मत प्राप्त गरे। यस्तै, खड्काले २९ हजार ९०६ मत प्राप्त गरे।  राष्ट्रिय सभाबाट संसदीय यात्रा सुरु गरेका नेम्वाङको यो साताौँ जित हो। यसअघि नेम्वाङ उक्त क्षेत्रबाट…

मन्त्री र निवर्तमान सांसद नै पराजित

बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।...

सोवितालाई बधाई दिँदै ओनसरीले भनिन् : काठमाडौं-२ मेरो कर्मथलो भइसक्यो

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सोविता गौतमलाई बधाई दिएकी छिन् । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख समेत रहेकी घर्तीले यही क्षेत्रबाट …

एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन : ओनसरी घर्ती

काठमाडौं ।  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्भाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् […]

‘एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन’

काठमाडौं– माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् ।  काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्वाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् । […]

ओनसरी घर्ती काठमाडौं-२ बाट पराजित

काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लडेकी पूर्वसभामुख ओनसरी घर्ती पराजित भएकी छन्। घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्। २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी २०७० सालमा संविधानसभाको उपाध्यक्ष भएकी धर्ती २०७२ देखि २०७४ सालसम्म संसदको सभामुख भएकी […]

दमननाथको पुनरागमनलाई महेश बस्नेतले रोक्न सक्लान ? यस्तो छ हिसाब

२१ कात्तिक, भक्तपुर । पूर्वसभामुख दमननाथ ढुंगानाले सक्रिय राजनीति त्यागेर नागरिक समाजको अगुवा बन्दै गर्दा महेश बस्नेत सक्रिय राजनीतिमा प्रवेश गर्दै थिए । २०५१ को संसदीय चुनावमा दमननाथ ढुंगाना काठमाडौं २ मा एमालेकी विद्या भण्डारीसँग पराजित भएपछि राजनीतिबाट टाढिए । महेश बस्नेत भने २०५४ को स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्ष …