२०७८ मंसिर २८ गते पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलाई साथमा राखेर आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका हृदयेश त्रिपाठी आम निर्वाचन २०७९ मा प्रतिनिधिसभा सदस्यमा पराजित भए । यतिमात्र होइन, उनको पार्टीबाट कसैले पनि जित हासिल गर्न सकेन ।जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग पराजित भए । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत ल्याए । त्रिपाठी सात हजार १८७ मतान्तरले पराजित