खनाललाई नेम्बाङको कटाक्ष : ‘साथीले गद्दारी गरे भन्ने उहाँले नै गर्दा के गर्नुपर्ला?'

इलाम : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले पार्टी विभाजन गर्ने झलनाथ खनाल माफीको पात्र नभएको प्रतिक्रिया दिएका छन्। फिक्कलमा आइतबार आयोजित आमसभामा उनले ०५६ को निर्वाचनमा पराजित हुँदा पार्टी विभाजनको टिप्पणीकार अहिले आफैँले पार्टी टुक्र्याउँदा गर्दा कस्तो महसुस भयो भनेर खनाललाई प्रश्न गरे। ‘२०५६ सालमा १ सय ७ भोटले हार्नुभएको थियो हारपछि पार्टी फुटाउनेहरूलाई उहाँले टिप्पणी गर्नुभएको थियो पार्टी फुटाएर देश र जनताप्रति गद्दारी गरेको भन्दै उहाँले लामो व