युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिवार) राति क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्नेछन् । यस्तै दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड भिड्नेछन् ।
चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । पहिलो खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरू हुनेछ ।
शनिवारका लागि दोस्रो खेल इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२:४५ बजे शुरू हुनेछ ।
इंग्ल्यान्ड ...