युरोकप–क्वाटरफाइनलमा यी देशबीच भिडन्त

युरोकप अन्तर्गत गएरातिको खेलमा इङ्ल्याण्डले जर्मनी तथा युक्रेनले स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइलको यात्रा तय गरेका छन् । यससँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ । जसअनुसार शुक्रबार पौने १० बजेदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् । जसअनुसार पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्नेछन् । यस्तै शनिबार बिहान बेल्जियम र इटाली भिड्नेछन् भने राति पौने १० बजे चेक रिपब्लिक र डेनमार्क भिड्नेछन् । यसैगरी क्वाटरफाइनको अन्तिम खेल आइतबार युक्रेन र इङ्ल्याण्डबीच हुनेछ ।  

सम्बन्धित सामग्री

१४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त, यस्तो छ तथ्यांक

ब्राजिल र अर्जेन्टिना फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दक्षिण अमेरिकी देशबीच फुटबलमा पुरानो दुश्मनी छ।

युरोकपः स्पेनसहित यी देशबीच भिडन्त हुँदै

युरोपक २०२१ अन्तर्गत सोमबार राति स्कटल्याण्ड र चेक रिपब्लिक तथा पोल्याण्ड र स्लोभाकियाबीच भिडन्त हुँदैछ । स्कटल्याण्डस्थित हाप्डेनपार्क रंगशालामा खेल नेपाली समयअनुसार पौने ७ बजे हुनेछ । यस्तै पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति पौने १० बजे रसियास्थित क्रेस्तोभ्स्की रंगशालामा हुनेछ । यस्तै आजै स्पेन र स्वीडेनबीचको खेल पनि हुँदैछ । सो खेल भने नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ । स्पेन जारी युरोकपको उपाधि दावेदार मानिन्छ ।

भारत र चीनबीच फेरि भिडन्त, २० चिनियाँ र चार भारतीय सैनिक घाइते

काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ । सो झडप नाकुला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बीबीसीले जनाएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।

भारत चीन विवाद : मस्कोमा दुवै देशका रक्षामन्त्रीबीच वार्ता, भयो आरोप प्रत्यारोप

भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चलिरहेको छ। केही समयअघि गलवान उपत्यकामा दुवै देशका सैनिकहरुबीच भिडन्त भएको थियो। जसमा दुवै देशका सैनिकहरुको मृत्युसम्म हुन पुग्यो। त्यसपछि दुवै देशबीच सीमामा शान्ति कायम राख्ने सहमति भएपनि समयसमयमा सीमामा दुवै देशका सेनाबीच विवाद बढ्दै गएको देखिन्छ। सीमामा तनाव भइरहेको बेला भारत र

अजरबैजान-आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् । दुवै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । अजरबैजानमा पृथकतावादी आन्दोलन चलिरहेको नागोर्नी काराबाख क्षेत्रलाई लिएर दशकौँदेखि विवाद कायम छ ।