युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । […]