रुकुम पूर्व : रोल्पामा आइतबार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।सल्लीबोटबाट उवा खोलातिर जाने क्रममा लु १ च ९४९३ नम्बरको जिप बिहान साढे ९ बजे सडकबाट करिब ३० मिटर खसेको थियो। प्रहरीका अनुसार जिप खस्दा रोल्पा नगरपालिका–१ खेवासे निवासी २० वर्षीय चालक गोवर्द्धन घर्तीमगरको मृत्यु भएको हो।दुर्घटनामा सह–चालक रोल्पा नगरपालिका–१ सल्लीबोट निवासी २३ वर्षीय नवीन पुन सिकिस्त भएको प्रहरीले जनाएको छ।प्रहरीले शव र सिकिस्त सह–चालकलाई रोल्पा अस्पतालमा ल्याइएको छ।