बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामन डाँडाका ५० वर्षीय जयबहादुर सार्की रहेका छन् । आज बिहान पौने ७ बजे बामन डाँडाबाट मौरी बजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेको थियो । जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।