रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ४ प्रस्ताव

 रसुवागढी हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते सोमबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।कम्पनीको सभामा सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको आ.ब. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.ब. २०७७/०७८ को आर्थिक विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आ.ब. ०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको चुक्ता पुँजी र संचित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।‘आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे  तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा पेश भएको बीमा बिधेयकलाई आज समितिमा पठाईदै

राष्ट्रिय सभामा पेश भएको बीमा बिधेयकलाई आज समितिमा पठाईने भएको छ । राष्ट्रिय सभाको आज बस्ने बैठकमा बीमा विधेयकलाई दफाबार छलफलको लागि बिधायन ब्यबस्थापन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश हुन लागेको हो । प्रतिनिधि सभाले बीमा विधेयकलाई संदेशसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनको रुपमा कार्यन्वयनमा आउने छ । साउन १४ गते प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको थियो । २०७५ सालमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बीमा विधेयक पेश गरेका थिए । उनले पेश गरेको ४ वर्षपछि बिधेयक पारित भई ऐन बन्ने चरणमा रहेको हो । यस्ता छन् बिधेयकमा रहेका मुख्य ब्यबस्था :सरकारले बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिलाई खारेज गरी बिमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बिमा प्राधिकरण स्थापनाको तयारी गरेको हो । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न यो बिधेयक तयार भएको हो । बिधेयकमा प्राधिकरण गठन गरेपछि नयाँ नेतृत्व चयन गर्ने तर कर्मचारीहरु स्वत प्राधिकरणमा जाने उल्लेख छ  । सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने ब्यबस्था गरिएको छ  । अध्यक्ष नियुक्त गर्नको लागि अर्थमन्त्रीको अध्यक्षतामा एक सिफारिस समिति गठन हुने र समितिले सिफारिस गरिएका मध्ये बाट एक जनालाई मन्त्रिपरिषदले अध्यक्ष चयन गर्ने छ । संचालक समितिमा अध्यक्ष सहित ४ सदस्य रहने छन् भने प्राधिकरण तोकेको अधिकृत स्तरको कर्मचारीले सचिवको भूमिका निभाउने छ  । संचालक समितिका सदस्यको कार्यकाल ४ वर्षा हुने र एक पदावधि थपिन सक्ने ब्यबस्था छ । प्राधिकरणको अध्यक्ष वा सदस्य हुन नेपाली नागरिक हुनुपर्ने, बीमा मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्बशास्त्र वा कानुन विषयमा कम्पनीमा स्नाकोत्तर वा सो सरहको उपाधि हसिल गरी सम्बन्धित क्षेत्रमा कम्पीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हुनुपर्ने प्रावधान बिधेयकमा राखिएको छ  ।प्राधिकरणको कोषमा जम्मा भएको रकमको ५० प्रतिशत रकम संघीय सञ्चिति कोषमा दाखिला गर्नु पर्ने ब्यवस्था बिधेयकले गरेको छ । तर यसरि रकम गणना गर्दा खर्च कटौती गरे पश्चातको रकम हुने छ  । प्रत्येक बीमकले आफ्नो कुल जारी पूँजीको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्रि गर्नु पर्ने छ ।   न्युनतम चुक्ता पूँजी नपुर्याउने बीमक कम्पनीको इजाजत पत्र रद्ध हुने पनि संसदमा दर्ता भएको बिधेयकमा उल्लेख छ ।

एभरेष्ट इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं, २५ चैत एभरेष्ट इन्सुरेन्सले वैशाख २१ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित […]

आइएमई लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं, २३ चैत । आइएमई लाइफ इन्सुरेन्सले वैशाख १४ गतेका लागि चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने लगायत बिभिन्न एजेन्डा समेत रहेका छन् । आइएमई लाइफले ६० […]

एनआईसी एसिया बैंकद्वारा साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

एनआईसी एसिया बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र २० गते आइतबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने भएको हो । बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र ८ देखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । नेपाल राष्ट्र बैंकले रोक लगाएपछि बैंकले लाभांश भने वितरण गर्ने छैन ।  यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्ताव १. आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने । ३. यस बैंक तथा बैंकको सहायक कम्पनी श्री एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. तथाश्री एन आई सी एशिया क्यापिटल लि. को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने । ४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (कम्पनी ऐन, २०६३ को दफा १११(3) बमोजिम बहालवाला लेखापरीक्षक श्री एस. ए. आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स् पूनः नियुक्त हुन योग्य हुनुहन्छ ।) ५. संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकको लागि निर्वाचन गर्ने ।विशेष प्रस्ताव १. बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने । २. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल,थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने । ३. मिति २०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं.२, सानेपा बस्नुहुने श्रीमति बिजया स्वारलाई नियक्त गर्ने निर्णय गरेकोमा सो लाई  अनुमोदन गर्ने ।

स्वालम्बन लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

स्वालम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha  वित्तीय सँस्थाले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले पुष १५ गते गिरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । स्वालम्बनको असोज २१ गतेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त लाभांश प्रस्ताव अब कम्पनीको आगामी २० औं साधारणसभाले पारित गरेपछि मात्र सेयरधनिहरुमा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी ९४ करोड ३०  लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गतेदेखि सभा नहुँदासम्मको लागि बुक क्लोज मिति तय गरेको छ । पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: क) सामान्य प्रस्तावः १. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।३. आ.व. २०७७/७८ सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्ता पूँजीको ६ % ले हुन आउने रकम रु.५,६५,८०,०००/- नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर सहित) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने । ४. स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी। ख) विशेष प्रस्तावः १. हाल कायम अधिकृत पूँजी रु. १,००,००,००,०००/- बाट बृद्धि गरी रु १,१५,००,००,०००/- पुयाउने । २. नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९ % ले हुने रकम रु. १७,९१,७०,००० /- बराबर बोनस शेयरलाई शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने । ३. हालको जारी तथा चुक्ता पूँजी रु.९४,३०,००,०००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरी जारी तथा चुक्ता पूँजी रु. १,१२,२१,७०,०००/- कायम गर्ने । ४. प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने । ५. प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

गणपति लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

गणपति लघुवित्तले साधारणसभा आह्व्ना गरेको छ  । कम्पनीले पुस १७ गते शनिवार तनहुँको दुलेगौडा स्थित व्हाइट हाउस पार्टी प्यालेसमा सभा आह्वान गरेको हो  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :  सामान्य प्रस्तावहरु सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने । २०७८ साल आषाढ मसान्त सम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आ.ब. २०७७/२०७८को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गर्ने । संचालक समितिबाट प्रस्ताव गरिएको रु. १२,७३,५६७.५० (रु. बाह्र लाख त्रिहत्तर हजार पाँच सय सत्सठ्ठी रुपैंया, पैसा पचास मात्र) नगद लाभांश बोनश शेयरको कर प्रयोजनको लागी पारित गर्ने। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७८/२०७९ को कारोवारको लेखापरिक्षण गर्नकोलागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री पि.वाई.सि. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्स् पुन: नियक्तिका लागि योग्य ह संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने । सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको मनोनयन समर्थन गर्ने । स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने ।विशेष प्रस्तावहरु संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १९ प्रतिशतले हुने रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) बोनश शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने । स्वीकृत बोनस शेयर बमोजिमको पूँजीगत संरचना परिवर्तनका लागी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । साथै प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट स्वीकृत गराउने क्रममा कुनै थपघट गर्न वा सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तीक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वहरुको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा Acquisition/Merger सँग सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने ।

सबैको लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ वटा प्रस्ताव

सबैको लघुवित्त  SABAIKO LAGHUBITTA BITTIYA SANSTHA  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ३ गते शनिवार तनहुको बन्दीपूर माउन्टेन रिसोर्टमा सभा आह्वान गरेको हो  । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९ सय ८६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश गरि कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस साधारणसभाले पारित गरेपछि  लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी २० करोड ६० लाख २७ हजार रहेको छ ।कम्पनीले  साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर १६ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । यस्ता छन् कम्पनीले सभामा पेश गर्ने प्रस्तावहरु ; (क) सामान्य प्रस्तावहरुः १) सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षज्यूले पेस गर्नुहुने आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने । ३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/७९ को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.व. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २०,६०,२७,२५० को १.६३ प्रतिशतले हुन आउने रकम रु. ३३,६६,९८६/८४ (अक्षरेपी तेत्तिस लाख छयसठ्ठी हजार नौ सय छयासी रुपैयाँ र पैसा चौरासी मात्र) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर वापतको रकम वितरण गर्न स्वीकृत गर्ने । ५) यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने । (ख) विशेष प्रस्तावहरुः १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब. २०७७/७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २०,६०,२७,२२० को ३१.०५ प्रतिशतले हुन आउने रकम रु.६,३९,७२,७५०/०० (अक्षरेपी छ करोड उनन्चालिस लाख बहत्तर हजार सात सय पचास रुपैयाँ मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने । साथै बोनस शेयर जारी पश्चात् कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्नेगरी यथावत राख्ने प्रस्ताव पारित गर्ने ।२) यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ३) यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ति (Acquisition) गर्ने वा शाखा खरिद गर्न समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानून तथा निर्देशनहरु अनुरुप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पूरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ४) वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.५ प्रतिशत नगद लाभांश गरि कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव : (क) सामान्य प्रस्ताबहरु :१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।३) यस बैंकको सहायक कम्पनी रलोबल आइएमई क्यापिटल लि.तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको आ.व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated ) वित्तीय विवरण स्वीकृत गर्ने ।४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।५) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुंजीको ३.५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।(ख) विशेष प्रस्तावहरु :१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने ।२) आ.व. २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने ।३) बैंकको पुजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

मेरो माइक्रोफाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २४ गते शुक्रबार नुवाकोटको बट्टारमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।   कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब  रुपैयाँ रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : (क) सामान्य प्रस्तावहरू१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । २.लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने। ३.लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री एस एण्ड एस एसोसियट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ । ४. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १.०५२६३१६ प्रतिशतले हुन आउने नगद लाभांश रू. १०५२६,३१६/- (अक्षेरेपी एक करोड पांच लाख छब्बीस हजार तीन सय सोह्र रुपैया मात्र ।), बोनस शेयरको कर प्रयोजनका लागि दिने प्रस्तावमाथि छलफल गरी पारित गर्ने ।५ संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निवौंचन गर्ने । (ख) विशेष प्रस्तावहरू१.सञ्चालक समितिबाट पारित भएबमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम रू. २००,०००,०००/- (अक्षरेपी बीस करोड मात्र ।। बराबरको बोनस शेयर जारी गर्ने । २.वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) तथा नियमावलीको नियम ३२(१) (ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । ३.वित्तीय संस्थाले अन्य ईजाजतप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्न वा प्राप्ति (Merger/Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा ।

राष्ट्रियसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ- संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश हुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश गर्नेछन् । यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ सभामा […]