सगरमाथा र माईखोला हाइड्रोले आईपिओ अगाडी नै लाभांश दिने, साधारणसभा आह्वान

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले साउन २५ गते अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेका हुन् ।दुवै कम्पनीको साधारणसभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै दुवै कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।यस्ता छन् दुवै कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ।सगरमाथा जलविद्युतको साधारणसभामा पेश हुने प्रस्ताव: (क) सामान्य प्रस्तावहरु : (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपरछलफल गरि पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने। (३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने। (४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा। (२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा। (३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । (४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।माईखोला हाइड्रोको साधारणसभामा पेश हुने प्रस्ताव: (क) सामान्य प्रस्तावहरु : (१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने। (३) आ.व.२०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने। (४) संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने । (५) संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । (ख) विशेष प्रस्तावहरु : (१) कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्ने सम्बन्धमा। (२) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने सम्बन्धमा । (३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निशकासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । (४) कम्पनीको आ.व.२०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्ने सम्बन्धमा ।

सम्बन्धित सामग्री

सगरमाथा जलविद्युत्को आईपिओ नबिके नागरिक लगानी कोषले किन्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागार्इंले हस्ताक्षर गरेका छन् । सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई निष्काशन गरेको शेयर पूर्ण रुपमा बिक्रि नभए बिक्रि नभएको शेयर नगरी लगानी कोषले खरिद गर्ने छ  । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव सहित साउन २५ गते अनामनगर स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

सगरमाथा इन्स्योरेन्सको २१.०५२ प्रतिशत लाभांश पारित

वैशाख २८, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधवार लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा सम्पन्न भएको हो ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी सभाले कम्पनीको अधिकृत पूँजी रू. २ अर्बबाट वृद्धि गरी रू. ५ अर्ब कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीबाट कोभिड १९ को समस्यालाई मध्येनजर गरी विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयाता प्रदान गर्दा कम्पनी एेन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सिमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च रू. ३३ लाख ४५ हजारलाई अनुमोदन गरेको छ ।  साथै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख १६ गते देखि २८ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यस आधारमा वैशाख १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापत १.०५२६३ प्रतिशत नगद लाभांश दिन यही वैशाख २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको हो ।

सगरमाथा इन्स्यारेन्सले सेयरधनीलाई २०% लाभांश दिँदै, यही २८ गते साधारणसभा डाक्यो

काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ। इन्स्योरेन्सको आगामी २८ गते बस्ने २५ औं साधारणसभाले लाभांश अनुमोदन

सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत, साधारणसभा मिति तय

बीमा समितिले सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत गरेको छ l कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समितिले स्वीकृत गरेको हो lबीमा समितिले लाभांश प्रस्ताव स्वीकृत गरेसंगै कम्पनीले बैशाख २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ।   कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।