रुरु जलविद्युतको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  कम्पनीले कार्तिक ४ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।यस्ता छन् सभामा पेश हुने अन्य प्रस्ताव:क) साधारण प्रस्ताव : १) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.ब. २०७८/०७९ अवधिको वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने सम्बन्धमा । ३) लेखा परीक्षण समितिको सिफारिस अनुसार आ.व.२०७९ ०८० को लागी लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ व. २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको ०.५२६३ % (प्रतिशत) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागी) वितरण प्रस्ताव पारित गर्ने । ५) संचालक समितिको सेवा सुविधा सम्बन्धमा । ख) विशेष प्रस्ताव : १) बोनस शेयर जारी गर्ने प्रयोजनका लागी कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने । २) आ.व. २०७८/०७९ अवधिको मुनाफा बाट १०% (दश प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । ३) नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । ग) विविध ।

सम्बन्धित सामग्री

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको […]

ओरियन्टल होटलले लाभांश प्रस्ताव गर्दै बोलायो साधारणसभा

२ असोज, काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन) ले लाभांश घोषणा गरेको छ । होटलले कोभिडपछि पहिलो पटक सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको १ असारमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गर्दै […]

सोल्टी होटेलको लाभांश घोषणा, साधारणसभा आह्वान

सोल्टी होटेल Soaltee Hotel Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१.३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रहेको छ ।

हाइड्रोपावरको प्रतिफल : ४६मध्ये १३ कम्पनीको मात्रै लाभांश घोषणा

१८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा समेत हालसम्म १३ वटा जलविद्युत् कम्पनीहरुले मात्रै लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेर साधारणसभाबाट पारित भएपछि मात्रै शेयर धनीहरुलाई दिन पाउने कानूनी व्यवस्था छ । साधारणसभा बोलाउनका लागि गत आर्थिक वर्षको सञ्चित मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिसकेको हुनुपर्छ । हालसम्म १३ […]

बुटवल पावरको लाभांश घोषणा, पुस २६ मा साधारणसभा

बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले मङ्सिर २८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले आगामी पुस २६ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट भने १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाइड्रोपावरको लाभांश : कुन कम्पनीले कति दिँदैछन् ?

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले जस्तै जलविद्यतु् कम्पनीहरुले समेत धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले साधारणसभा बोलाएर लाभांश पारित नै गरिसकेका छन् भने केही कम्पनीहरु साधारण सभा बोलाउने तरखरमा छन् । लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरु भने शेयरधनीहरुलाई कति लाभांश दिने भनेर छलफलमै छन् […]

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा

उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा […]