कुथेली बुखरी हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन तथा लाभांश प्रस्ताव

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते सभा आह्वान गरेको हो ।सभामा लाभांश पारित गर्ने, आईपिओ निष्काशन गर्ने, वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव : (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तति र सोको अनमोदन गर्ने सम्बन्धमा । (२) लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७४।०७९ को वार्षिक आर्थिक विवरण अन्तर्गत २०७९ साल आषाढ मसान्तसम्मको वासलात, २०७८ साल श्रावण १ गतेदेखि २०७९ साल आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरुलाई छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा । (३) आ.व.२०७९/०८०  को लेखापरीक्षण गर्न लेखापरीक्षक नियक्त गरी  निजको पारीश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (४) संचालकज्यूहरुको बैठक भत्ता तोक्ने सम्बन्धमा ।बिशेष प्रस्ताब : (१) संचालक समितिको राजीनामा स्विकृती तथा संचालक नियुक्ती सम्बन्धमा। (२) नियमावली संसोधन गर्ने सम्बन्धमा । (३) आ.व. २०७८/०७९ को खुद मुनाफा सहितको संचितीवाट आफ्ना शेयर धनिहरुलाई संचालक समितीको प्रस्ताव बमोजिम ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) स्वीकत गर्ने।   (४) शेयरको सार्वजनिक निष्काशन बाट प्राप्त पुंजीको उपयोग सम्बन्धमा ।

सम्बन्धित सामग्री

ओरियन्टल होटलले लाभांश प्रस्ताव गर्दै बोलायो साधारणसभा

२ असोज, काठमाडौं । ओरियन्टल होटल लिमिटेड (र्‍याडिसन) ले लाभांश घोषणा गरेको छ । होटलले कोभिडपछि पहिलो पटक सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको १ असारमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गर्दै […]

सिक्लेस हाइड्रोपावरको लाभांश प्रस्ताव, २० चैतमा साधारणसभा आह्वान

३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

१३ कम्पनीको लाभांश प्रस्ताव बोनसभन्दा नगद प्राथमिकतामा

वाणिज्य बैंकसहित १३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधारणसभा बोलाएका कम्पनीहरूले लाभांश प्रस्ताव गरेका हुन् । कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा बोनस सेयरमा भन्दा बढी नगद लाभांशमै बढी केन्द्रित देखिएका छन् ।  ग्लोबल...

बिओके क्यापिटलको ५.७९ प्रतिशत लाभांश प्रस्ताव

बिओके क्यापिटल मार्केटको सातौ साधारणसभा सम्पन्न भएको छ ।उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट कर प्रयोजनसहित ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

निफ्राको साधारणसभा : सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित साधारणसभा अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्र

सिडिएसद्वारा ४० प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

सिडिएस एण्ड क्लियारिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते बिहान ११ बजे पुतलीसडक स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को नाफा बाट ४० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन्।यो कम्पनी नेपाल स्टक एक्सचेन्ज नेप्सेको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।

प्राइम लाइफ इन्स्योरेन्सको १५.८७ प्रतिशत लाभांश प्रस्ताव

प्राइम लाइफ इन्स्योरेन्सले १४औं वार्षिक साधारणसभा मंसिर १९ गते गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट सेयरधनीलाई १५.८७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ । १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश गरेर कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।सभाले कम्पनीका […]

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा

उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा […]