चिलिमे जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार महाराजगंज स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : १.सञ्चालक समितिको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने वारे। २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ साल आषाढ मसान्तको वासलात र आ.व. २०७७/०७८ को नाफा/ (नोक्सान हिसाव तथा नगदप्रवाह विवरण (सम्बद्ध अनुसूचीहरू समेत) उपर छलफल गरी पारित गर्ने वारे।३. आ.व. २०७४/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने वारे।४. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको आधारमा आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ७.५% नगद लाभांश वापत रू.४७१०,५५,४४२/४६ (नियमानुसार सेयरधनीले तिर्नु पर्ने कर समेत बितरण गर्ने स्वीकृति सम्बन्धमा।विशेष प्रस्तावः १. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने। २. सञ्चालक समितिबाट सिफारिश भए बमोजिम आ.व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट साधारण सभा गर्दाको मितिमा कायम रहेको चुक्ता पूँजीको ७.५% ले हुन आउने रकम रू.४७,१०,५५,४४२/४६ वरावरको वोनश शेयर बितरण गर्ने स्वीकृति सम्बन्धमा।