अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार जरिवाना र बिगोसमेत १४ करोड मागदाबीसहित उच्च अदालत पाटन, बुटवल र जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप ...
चालू आर्थिक वर्षका ११ महिनामा ललितपुरमा ४८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । ५० हजारदेखि झन्डै ४ करोड रुपैयाँसम्मका बैंकिङ कसुरका ती घटनामा १४ करोड ४८ लाख २७ हजार १ सय ८३ रुपैयाँ माग दाबी गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध चार अर्ब १४ करोड रुपैयाँको बिगो दाबीसहित सोमबार मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले सोमबार सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए ।…