राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार जरिवाना र बिगोसमेत १४ करोड मागदाबीसहित उच्च अदालत पाटन, बुटवल र जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले गत एक वर्षमा झण्डै १५ करोड विगो दाबीसहित ७० जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।
गत आर्थिक वर्ष २०७६-०७७ मा आयोगको सुर्खेत कार्यालयले २२ जना मुख्य र ७० जनालाई प्रतिबादी बनाउँदै १४ करोड ९३ लाख ३५ हजार ६४ रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा (आरोप पत्र) दायर गरेको हो । त्यसमध्ये सात वटा घटनामा १४ जनालाई कार्यालयको विशेष टोलीले रंगेहात पक्राउ गरेको थियो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप ...
काठमाडौं जिल्ला अदालतमा हुण्डी कारोबार गर्ने सात जनाविरुद्ध चार अर्ब १४ करोड रुपैयाँको बिगो दाबीसहित सोमबार मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले सोमबार सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए ।…