काठमाण्डाै - प्रतिनिधि सभातर्फ स्याङ्जा-२ मा कांग्रेस उपसभापति धनराज गुरुङसँग पराजित एमाले सचिव पद्माकुमारी अर्यालले चुनावमा बुथ कब्जा भएको भए पनि अब गुनासो नगर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ अर्यालले चुनावमा केही बुथ कब्जा भएको एथेष्ट प्रमाण भएकाले पुनः मतदानको माग गरिएको बताउनुभएको छ ।
उहाँले विजयी भएका गुरुङलाई बधाई दिँदै लेख्नुभएको छ ‘मैले तपाईँलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । चुनावकाे दिन चापकोटक...