नागरिक लगानीकोषको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २९ साउन । नागरिक लगानीकोषको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ३ लाख ५० हजार ३६९ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो । कोषको प्रतिशेयर १ हजार ४६३ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा […]

सम्बन्धित सामग्री

एचआईडिसीएलको २ करोड ३२ लाख कित्ता शेयर आजदेखि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज भदौ २० गतेदेखि संस्थापक शेयर फेरी लिलाममा ल्याएको छ ।  कम्पनीले यस अघि पटक पटक लिलाममा ल्याउदा बिक्रि नभएको २ करोड ३२ लाख ४ हजार ४ सय ९५ कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो।  यस लिलामीको शेयरमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।   कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले यस अघि साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४ सय ८०  कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो ।  तर उक्त लिलामीको शेयरमा केवल ४६ लाख ४ हजार ९ सय ८५ कित्ता शेयरको लागि आवेदन परेको थियो । उक्त लिलामीको कट अफ मूल्य १०० रुपैयाँ नै कायम भएको छ ।  अर्थात् १०० रुपैयाँमा आवेदन दिने सबैले शेयर पाएका छन्।  लिलामीको शेयरमा न्युनतम १०० रुपैयाँ कबुल गर्नु पर्ने ब्यबस्था रहेकोमा १०० रुपैयाँ र सो भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् ।  कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

एचआईडिसीएलको २ करोड ७८ लाख कित्ता शेयर आजदेखि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज साउन १५ गतेदेखि संस्थापक शेयर लिलामीको आवेदन खुलाएको छ ।  कम्पनीले यस अघिको लिलाममा बिक्रि नभएको २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।  यस लिलामीको शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।   कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले यस अघि असार ५ गतेदेखि असार १९ सम्म ३ करोड ३० लाख कित्ता शेयर लिलाममा ल्याएको थियो।  तर ५१ लाख ९० हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो ।  त्यस लिलामको कट अफ मूल्य १०० रुपैयाँ रहेको थियो ।  अर्थात् १०० रुपैयाँमा आवेदन दिनेले समेत शेयर पाएका थिए ।  अब भने त्यस समय आवेदन नपरेको  २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक शेयर लिलाममा आउने भएको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता शेयर आजदेखि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज असार ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिकी खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयरहरु आज असार ५ गतेदेखि असार १९ गतेसम्म लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो। यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।  अबदेखि कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको थियो । कम्पनीको गत माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो । पछि बोर्डले आवेदकलाई पैसा फिर्ता गर्न निर्देशन दिएपछि लिलाम प्रक्रिया थप अनिश्चित बनेको थियो । अब भने शेयर लिलाम प्रक्रिया पुन: सुचारु हुन लागेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

चैत १४, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) रहेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन ३० गते देखि लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले सोमवार अपरान्ह्र ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण  कित्ताका लागि आवेदन दिन पाइनेछ । सोमवार ३ बजेसम्म प्राप्त भएका बोलपत्र चैत १७ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

पुस ७, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार)सम्म रहेको छ ।   कम्पनीले असोज २५ गतेदेखि २९ गतेसम्म हकप्रद शेयरमा निष्कासन गरेकोमा सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयरमा आवेदन नपरेकाले मंसिर २९ गतेदेखि लिलामीमा ल्याएको हो  ।   शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

एचआइडिसीएलको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

असोज १४, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआइडिसीएल) को लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बिहीवार) बैंकिङ समयसम्म रहेको छ । कम्पनीले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि लिलामीमा ल्याएको हो ।  कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्रीमा ल्याएको हो ।   लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।  शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । त्यसैगरी आवेदकले बोलपत्र पेश गर्दा संस्थापकको तर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिनसक्ने छन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी शेयरमा आवेदन दिन सकिने छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

भदौ २०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ । कम्पनीले ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ १५ गतेदेखि लिलामीमा ल्याएको हो ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता आवेदन दिन सकिने छ  भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । आइतवार कार्यालय समयभित्र प्राप्त भएका बोलपत्र सोमवार बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा खोलिने पनि कम्पनीले जानकारी दिएको छ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेडमा रहेको छ ।

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी सेयरमा बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश […]

आज यी दुई कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २१ जेठ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको असार १३ गतेदेखि लिलामीमा आएको दुई कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । महुली लघुवित्तको ५६ हजार २७० सस्थापक शेयर प्रतिकित्ता शेयरमुल्य ८ सय रुपैयाँ निर्धारण गरेर लिलामी विक्रिमा राखिएको हो ।कम्पनीको शेयर खरिदको लागि न्युनतम ५ सय कित्ताका लागि आवेदन दिन सकिने […]