काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ लाख कित्ता संस्थापक शेयर आज अर्थात असोज १८ गतेबाट लिलामीमा विक्री खुला गरेको छ । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथ अन्य संगठित संस्थाहरुले खरीद आवेदन दिन सक्नेछ ।
शेयरको न्यूनत मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ । यस आधारमा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
खरीद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । आवेदकले असोज २६ गते सम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।