पुस ७, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार)सम्म रहेको छ ।
कम्पनीले असोज २५ गतेदेखि २९ गतेसम्म हकप्रद शेयरमा निष्कासन गरेकोमा सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयरमा आवेदन नपरेकाले मंसिर २९ गतेदेखि लिलामीमा ल्याएको हो ।
शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।