एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता शेयर आजदेखि लिलाममा

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज असार ५ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिकी खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयरहरु आज असार ५ गतेदेखि असार १९ गतेसम्म लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो। यस शेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन पाउने भएपनि यो कम्पनीको संस्थापक् शेयर हो ।  अबदेखि कम्पनीको संस्थापक शेयर HIDCLP सिम्बलबाट र साधारण शेयर HIDCL सिम्बलबाट कारोबार हुने छ । कम्पनीले संस्थापक शेयरधनीहरुको शेयर नयाँ संकेत अनुसार संस्थापक शेयरधनीको खातामा जम्मा भईसकेको जनाएको छ । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP' सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्। उक्त शेयरमा आवेदन दिंदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संस्थाले आवेदन दिने हकमा आवेदनको साथमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नं. (PANNo.) र शेयर खरिद गर्ने सम्बन्धी माइन्यूट संलग्न गर्नु पर्नेछ । गुड फर चेक दिने लगानीकर्ताले चेक क्लियारिंग शुल्क पनि बुझाउनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।आवेदन फारम ग्लोबल आइएमई क्यापीटल , नक्साल तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू क्रमशः विर्तामोड , हनुमानदास रोड, - विराटनगर, जनकपुर, आर्दशनगर-वीरगंज , हेटौडा , नारायणगढ , न्यूरोड-पोखरा, बुटवल-मिलनचोक, बाग्लुङ्ग, नेपालगंज-त्रिभुवन चोक ,  सुर्खेत, घोराही, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट लिन तथा बुझाउन सकिने छ ।कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको थियो । कम्पनीको गत माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो । पछि बोर्डले आवेदकलाई पैसा फिर्ता गर्न निर्देशन दिएपछि लिलाम प्रक्रिया थप अनिश्चित बनेको थियो । अब भने शेयर लिलाम प्रक्रिया पुन: सुचारु हुन लागेको हो। कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन।कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

सम्बन्धित सामग्री

भारततर्फ ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात

काठमाण्डाै - यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अ...

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ  । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको  स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ । अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

काठमाडौं, २ वैशाख । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सक्रङ्मण भएपछि कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण […]

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

सिन्ह्वा, ४ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ । यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि […]

भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि  कोरोना कूल सङ्क्रमति  ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ । यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि  कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।&nb

भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो

भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ संक्रमित थपिएपछि  कोरोना कूल संक्रमित  ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ।

विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित

काठमाडौं- विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन्। जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ […]

महेशपुर भन्सारद्वारा २७ करोड ३० लाख राजस्व सङ्कलन, अहिलेसम्मकै बढी

महेशपुर भन्सार कार्यालय नवलपरासीले एक वर्षमा २७ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कुल २७ करोड ३० लाख २१ हजार २५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यो राजस्व सङ्कलन अहिलेसम्मकै बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।कार्यालयले गत आर्थिक वर्षमा १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो तर यसवर्ष राजस्वमा वृद्धि हुँदै गत वर्षको तुलनामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत वर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा क

दुई अस्पताललाई २ करोड ३० लाख

काठमाडौं। उपप्रधानमन्त्रीको पदभार सम्हालेसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई अस्पतालका लागि २ करोड ३० लाख रुपैयाँ दिन स्वकृति दिएका छन्। पौडेलले कोभिड–१९ विरुद्ध लड्न सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५५ लाख र रोल्पा अस्पतालमा एचडीयू जडान गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेका हुन्।