०७४ सालदेखि प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रतिष्पर्धीलाई दोब्बर मतान्तरले पराजित गराउँदै आएका पौडेललाई लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थापित गर्छु भनेर गरेका पूर्व प्रतिबद्धता पूरा नगर्नु, अर्थमन्त्री पद संग प्रदेश राजधानी साटेर चुप लागेर बसेको आरोपसँगै बालुवाटार जग्गा प्रसंगले बुटवलबासीको मन चिढाएको छ ।