तेह्रथुममा वामपन्थी किल्ला भत्काउने र जोगाउने होड

वामपन्थीको उर्वर भूमिका रूपमा चिनिने तेह्रथुममा एमाले किल्ला जोगाइराख्ने अनि सत्ता गठबन्धन त्यसलाई भत्काएर नयाँ इतिहास रच्ने दाउमा छन् । एमालेले केन्द्रीय राजनीतिमा पहुँच बनाएका एमाले निर्वाचन आयोगका अध्यक्षसमेत रहेका डा. विजय सुब्बालाई उम्मेदवार बनाएको छ । उनी यसअघि दुई पटकसम्म जिल्लाबाट निर्वाचित भइसकेका नेता हुन् ।