साउन २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे एक घण्टाको अवधिमा अपि पावर कम्पनीको शेयरमूल्य सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २१२ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. ५१ करोड ५४ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५१ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।