डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात

उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसी) को काठमाडौँ दुग्ध विकास आयोजना बालाजुमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको मखन र पाउडर दुध मौज्दात रहेको हो । उपत्यकामा सबैभन्दा ठुलो बिक्री आयोजना बालाजुमा एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार रुपियाँको सामान मौज्दात रहेको छ । दस लाख १५ हजार ५६५ केजी धुलो दुध र सात लाख ६७ हजार १४४ केजी मखन मौज्दात रहेको आयोजनाले जनाएको छ । मखन प्रतिकेजी ९ सय रुपियाँ बिक्री मूल्य राखिएको छ ।

सम्बन्धित सामग्री

देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

मधेश कृषि मन्त्रालयका मन्त्री र कर्मचारीले दुग्धजन्य पदार्थ किन्नुपर्ने निर्णय

जनकपुरधाम : मधेश सरकारका मन्त्रीले आफ्नो तलबबाट दुग्धजन्य पदार्थ किन्नैपर्ने निर्णय भएको छ। खपतभन्दा बढी दूध संकलन हुन थालेपछि मधेश सरकारले यस्तो निर्णय गरेको हो।डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुरमा दैनिक ४-५ हजार लिटर दूध संकलन हुने र एक हजार लिटर मात्रै विक्री हुने गरेको छ।मधेशको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले हरेक महिनाको तलबबाट अनिवार्य डिडिसीको घ्यू किन्नैपर्ने निर्णय गरिएको छ।विभागीय मन्त्रीले मासिक ५ दिन, सचिवले ३ दिन र ११, १० तथा ९ औँ तहका

दशैंतिहारमा दुग्धजन्य पदार्थ छूटमा बेच्न डेरी उद्योग संघको परिपत्र

काठमाडौं । बडादशैं, तिहार र छठपर्वको अवसरमा डेरी उद्योग संघले दुग्धजन्य पदार्थ छूटमा बेच्न आफ्ना सदस्यहरूलाई परिपत्र गरेको छ । संघले आफ्ना सदस्यहरूलाई आइतवार परिपत्र गर्दै यस्तो आग्रह गरेको हो ।  ‘नेपालीहरूको महान चाड विजयादशमी, दीपावली एवं छटपर्व २०८० अवसरमा आम उपभोक्त वर्गमा सहुलियत प्रदान गर्न दैनिक जीवनयापनका लागि अत्यावश्यक दुग्धजन्य पदार्थहरू घिउ, नौनी र पनिरको हालको मूल्यमा विशेष छूटका साथ विक्री वितरण गर्नु हुन सबै सदस्यज्यूहरूलाई यसै सूचनाबाट सूचित गरिन्छ,’ संघले गरेको परिपत्रमा भनिएको छ ।

दूध बेचेर किसानले एक वर्षमै कमाए पाँच करोड!

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताए।

म्याद सकिएको दुग्धजन्य पदार्थ बिक्री वितरण गरिएको डीडीसीद्वारा स्वीकार

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले उपभोग्य मिति गुज्रिएको दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकारेको छ । डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लकडाउनको समयमा गोदाममा थन्किएर प्याकेजिङमा उल्लेख गरिएको उपभोग्य मिति गुज्रिएको बटर बिक्री गरिएको स्वीकारेको छ । यद्यपि डीडीसीले उपभोग्य मिति गुज्रिए पनि बटरको गुणस्तरमा ह्रास नआएको सो प्रतिवेदनमा दाबी गरेको छ ।प्याकेजिङ भएको मितिले ८ महिना र १२ महिनासम्म उपभोग गर्न मिल्ने लेखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डअ

दुध तथा दुग्धजन्य पदार्थ ढुवानीलाई सहज बनाउन डेरी उद्योग संघको माग

काठमाडौं । डेरी उद्योग संघले दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सहज गर्न माग गरेको छ । संघले दुध तथा दुग्धजन्य पदार्थ दैनिक अत्यावश्यक एवम् चाँडै बिग्रने संवेदनशील पदार्थ भएकाले यस्ता पदार्थ ढुवानीमा जोरबिजोर व्यवस्था लागु नगर्न आग्रह गरेको छ । डेलिभरी भ्यानलाई जोरबिजोर र कार्यालय समयको नाममा ठाउँ...

एयरलाइन्समा स्वदेशी दुग्धजन्य पदार्थ प्रयोग गर्न निर्देशन

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नेपाली एयरलाइन्स कम्पनीहरुमा स्वदेशी दुग्धजन्य पदार्थको प्रयोग गर्न निर्देशन दिएकी छन्। हाल एयरलाइन्सहरुमा विदेशी कम्पनीले उत्पादन गरेका बटर, चिज र चकलेट लगायत सामाग्री प्रयोग गर्दै आएका छन्। राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै अर्यालले यस्तो निर्देशन दिएकी हुन्।

दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधनमा प्रतीक चिह्न

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । कृषि मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो लागोको फागुन १२ गते अनावरण गर्नुभएको थियो । बोर्डले कार्यविधि लागू गरेपछि लोगो प्रयोगमा आउने भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले जानकारी दिनुभयो ।