अब दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो अनिवार्य, नीजि क्षेत्रका डेरी उद्योगहरुलाई पनि लोगो वितरण

काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यविधि अनुसार विभिन्न डेरी उद्योगहरुलाई लोगो वितरण गरिएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच संस्थानलाई लोगो हस्तान्तरण गरिएको थियो । लोगो प्रयोग गर्ने नीति अनुरुप राष्ट्रिय दुग्ध विकास बोर्डले असार ४ गते काभ्रेको हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टरको दूध तथा दु

सम्बन्धित सामग्री

दुग्ध ढुवानीको प्रतीक चिह्न प्रयोग गर्न आह्वान

नेपाल डेरी एसोसिएसनले डेरी उद्योगीहरूलाई राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउन आह्वान गरेको छ । बन्द, हडताल तथा बन्दाबन्दीलगायतको अवस्थामा दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई रोकटोक गरिएको गुनासो आएपछि बोर्डले सो गाडीका लागि छुट्टै लोगो तयार परेको छ । लोगो वितरण कार्य सुरु भइसकेको हुनाले एसोसिएसनले डेरी उद्योगीहरूलाई लोगो लिई प्रयोगमा ल्याउन आह्वान गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ पास भइसकेको छ । बोर्डले सूचना प्रकाशित गरी सबै डेरी उद्योगलाई आवश्यक कागजातसहित लोगोका लागि निवेदन दिन आह्वान गरेको थियो । सो आह्वानबमोजिम पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) र हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान गरिएको छ ।

दुग्ध विकास बोर्डद्वारा लोगो प्रदान

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगोमार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा निजी […]

कृषि उपजलाई प्रोत्साहन (सम्पादकीय)

सरकारले कृषक, कृषिकर्म र कृषि उपजको सुरक्षा तथा सम्मानका लागि विभिन्न कार्यक्रम लागू गरेको छ । कृषक परिचयपत्र, पशु तथा बाली बीमा, उत्पादन तथा ढुवानीमा विशेष व्यवस्था गरिएको छ । गत वर्ष गरिएको बन्दाबन्दीमा पनि सरकारले दुग्ध पदार्थ र उत्पादनको ढुवानी तथा बिक्री वितरणलाई निर्वाध बनाएको थियो । दुग्ध पदार्थको ओसार पसारमा हुँदै आएको समस्या दृष्टिगत गर्दै सरकारले हालै दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेको छ । यसबाट यस्ता साधनले एम्बुलेन्स सरहकै सुविधामा आपूर्ति तथा ढुवानी गर्नसक्ने छन् । बन्द, हडताल तथा प्राकृतिक विपद्का बेला यस्ता चिह्न अङ्कित सवारीलाई निर्वाध सञ्चालनको वातावरण मिल्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेपछि यस्तो सहजता मिल्ने देखिएको छ । कृषि तथा सहकारी मन्त्रालयले तय गरेको दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १२ मा अनावरण गर्नुभएको थियो ।

दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधनमा प्रतीक चिह्न

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । कृषि मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो लागोको फागुन १२ गते अनावरण गर्नुभएको थियो । बोर्डले कार्यविधि लागू गरेपछि लोगो प्रयोगमा आउने भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले जानकारी दिनुभयो ।