सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले उपभोग्य मिति गुज्रिएको दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकारेको छ । डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लकडाउनको समयमा गोदाममा थन्किएर प्याकेजिङमा उल्लेख गरिएको उपभोग्य मिति गुज्रिएको बटर बिक्री गरिएको स्वीकारेको छ । यद्यपि डीडीसीले उपभोग्य मिति गुज्रिए पनि बटरको गुणस्तरमा ह्रास नआएको सो प्रतिवेदनमा दाबी गरेको छ ।प्याकेजिङ भएको मितिले ८ महिना र १२ महिनासम्म उपभोग गर्न मिल्ने लेखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डअ