दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधनमा प्रतीक चिह्न

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । कृषि मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो लागोको फागुन १२ गते अनावरण गर्नुभएको थियो । बोर्डले कार्यविधि लागू गरेपछि लोगो प्रयोगमा आउने भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

डिडिसीको एक करोड २० लाख ठगीको आरोपमा व्यापारी पक्राउ

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई एक करोड २० लाख ठगी गरेको आरोपमा वीरगन्जका व्यवसायी देवेन्द्रप्रसाद चौरासिया पक्राउ परेका छन् । संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थ वीरगन्ज क्षेत्रमा ढुवानी तथा बिक्री वितरणको जिम्मा...

बन्दले प्रभावित सुदूरपश्चिमको जनजीवन (फोटो फिचर)

कञ्चनपुर : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्दले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै गरेको नेपाल बन्दका कारण महेन्द्रनगर बस पार्कबाट लामो र छोटो दूरीका सवारीसाधन छुट्न सकेका छैनन्। बजार क्षेत्रमा भने अटो रिक्सा र निजी सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्। झलारी, महेन्द्रनगर, दैजी, बेलौरीलगायत बजारका पसल भने खुलिरहेका छन्।एम्बुलेन्स, फोहर फाल्ने साधन र दुग

रोकिए लोगो लिएका दुग्ध पदार्थका गाडी

निर्बाध रूपमा चल्न दिने भनी सरकारले प्रदान गरेको प्रतीक चिह्न (लोगो) अङ्कित दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई प्रहरीले रोकेको छ । दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीलाई बन्द, हडताल, निषेधाज्ञालगायत आपत्कालीन समयमा पनि निर्बाध चल्न दिने भनी सरकारले केही दिनदेखि सो लोगो वितरण गर्दै आएको छ ।

दुध तथा दुग्धजन्य पदार्थ ढुवानीलाई सहज बनाउन डेरी उद्योग संघको माग

काठमाडौं । डेरी उद्योग संघले दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सहज गर्न माग गरेको छ । संघले दुध तथा दुग्धजन्य पदार्थ दैनिक अत्यावश्यक एवम् चाँडै बिग्रने संवेदनशील पदार्थ भएकाले यस्ता पदार्थ ढुवानीमा जोरबिजोर व्यवस्था लागु नगर्न आग्रह गरेको छ । डेलिभरी भ्यानलाई जोरबिजोर र कार्यालय समयको नाममा ठाउँ...

दुग्ध ढुवानीको प्रतीक चिह्न प्रयोग गर्न आह्वान

नेपाल डेरी एसोसिएसनले डेरी उद्योगीहरूलाई राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउन आह्वान गरेको छ । बन्द, हडताल तथा बन्दाबन्दीलगायतको अवस्थामा दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई रोकटोक गरिएको गुनासो आएपछि बोर्डले सो गाडीका लागि छुट्टै लोगो तयार परेको छ । लोगो वितरण कार्य सुरु भइसकेको हुनाले एसोसिएसनले डेरी उद्योगीहरूलाई लोगो लिई प्रयोगमा ल्याउन आह्वान गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ पास भइसकेको छ । बोर्डले सूचना प्रकाशित गरी सबै डेरी उद्योगलाई आवश्यक कागजातसहित लोगोका लागि निवेदन दिन आह्वान गरेको थियो । सो आह्वानबमोजिम पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) र हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान गरिएको छ ।

दुग्ध विकास बोर्डद्वारा लोगो प्रदान

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगोमार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा निजी […]

दुधजन्य वस्तुको ढुवानी गर्ने सवारीमा राखियो लोगो

काठमाडौं। सरकारले दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधानमा प्रतिकचिन्ह (लोगो) राखेको छ। दुग्ध विकास बोर्डले दुग्धजन्य वस्तुको ढुवानी गर्ने सवारीमा लोगो राखेको हो। यसबाट दुध र दुधजन्य वस्तुको ढुवानीमा समस्या नपर्ने बोर्डले बताएको छ। बोर्डले ढुवानीका साधनमा लोगो राख्ने कामको शुभारम्भ गरेको हो। बोर्डले दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार लोगो राखेको हो।

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा आजदेखि लागू

जेठ २१, काठमाडौं । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आज (शुक्रवार) देखि खाद्य पसल खोल्न पाइने छ ।  उपत्यकाका तीन जिल्ला ( काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधवारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो ।  यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । गर्न पाइने गतिविधि यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने छ । निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईओटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।  बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् ।  सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ । गर्न नपाइने गतिविधि अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।  सार्वजनिक एवम् निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।  फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी संकलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । रासस

कृषि उपजलाई प्रोत्साहन (सम्पादकीय)

सरकारले कृषक, कृषिकर्म र कृषि उपजको सुरक्षा तथा सम्मानका लागि विभिन्न कार्यक्रम लागू गरेको छ । कृषक परिचयपत्र, पशु तथा बाली बीमा, उत्पादन तथा ढुवानीमा विशेष व्यवस्था गरिएको छ । गत वर्ष गरिएको बन्दाबन्दीमा पनि सरकारले दुग्ध पदार्थ र उत्पादनको ढुवानी तथा बिक्री वितरणलाई निर्वाध बनाएको थियो । दुग्ध पदार्थको ओसार पसारमा हुँदै आएको समस्या दृष्टिगत गर्दै सरकारले हालै दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेको छ । यसबाट यस्ता साधनले एम्बुलेन्स सरहकै सुविधामा आपूर्ति तथा ढुवानी गर्नसक्ने छन् । बन्द, हडताल तथा प्राकृतिक विपद्का बेला यस्ता चिह्न अङ्कित सवारीलाई निर्वाध सञ्चालनको वातावरण मिल्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेपछि यस्तो सहजता मिल्ने देखिएको छ । कृषि तथा सहकारी मन्त्रालयले तय गरेको दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १२ मा अनावरण गर्नुभएको थियो ।