दशैंतिहारमा दुग्धजन्य पदार्थ छूटमा बेच्न डेरी उद्योग संघको परिपत्र

काठमाडौं । बडादशैं, तिहार र छठपर्वको अवसरमा डेरी उद्योग संघले दुग्धजन्य पदार्थ छूटमा बेच्न आफ्ना सदस्यहरूलाई परिपत्र गरेको छ । संघले आफ्ना सदस्यहरूलाई आइतवार परिपत्र गर्दै यस्तो आग्रह गरेको हो ।  ‘नेपालीहरूको महान चाड विजयादशमी, दीपावली एवं छटपर्व २०८० अवसरमा आम उपभोक्त वर्गमा सहुलियत प्रदान गर्न दैनिक जीवनयापनका लागि अत्यावश्यक दुग्धजन्य पदार्थहरू घिउ, नौनी र पनिरको हालको मूल्यमा विशेष छूटका साथ विक्री वितरण गर्नु हुन सबै सदस्यज्यूहरूलाई यसै सूचनाबाट सूचित गरिन्छ,’ संघले गरेको परिपत्रमा भनिएको छ ।