काठमाण्डौ – रानीखेतलगायत रोगविरुद्ध खोप लगाएका कुखुराहरु नै त्यसै रोगका कारण मर्न थालेपछि यसबारे थप अनुसन्धान सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरुले यसबारे थप अनुसन्धान गरिरहेका छन् ।
यस्तै पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा रहेको टोलीले पनि यसबारे थप अनुसन्धान गरिरहेको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । रानीखेतविरुद्धको भ्याक्सिन नेपालमा पनि उत्पादन हुँदै आएको छ । एफ वान, लासोटा र आर दु बी भ्याक्सिनको प्रभावकारिताबारे समेत विज्ञहरुले अनुसन्धान सुरु ग...