कुखुरा बोकेको जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे

मुगुमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका–४ रारा विमानस्थल नजिकैको हिलाम्मे सडकमा जीप दुर्घटनामा परेको हो ।जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चारसय ५० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।  नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेको थियो ।