कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भएको निषेधाज्ञाले यहाँका कुखुरा व्यवसायी मारमा परेका छन् । लामो समयदेखिको बन्दाबन्दीका कारण बिक्रीका लागि तयारी अवस्थाका कुखुरा बिक्री नहुँदा व्यवसायीलाई नोक्सानी भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ ।“कम्तीमा एक महिनादेखि तीन महिनासम्मका ७०० कुखुरा फार्ममा छन्, निषेधाज्ञा खुल्ने अत्तोपत्तो छैन, तीन महिनापछि कुखुरा हुर्किँदैनन्, दानापानीमा ठूलो खर्च आउँछ, समस्या आइलाग्यो”, फुङलिङ नगरपालिका–१ का कुख