नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा एक पार्टीबाट अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था गरेको छ । मुलुक संघीय संरचनामा गएपछि २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा उप (उपाध्यक्ष, उपप्रमुख) पदमा महिलालाई नै उम्मेदवार बनाइयो र अधिकांश स्थानीय तहमा उपपदमा महिला निर्वाचित भएका छन् […]