गोरखा नगरपालिका प्रमुखमा कांग्रेसबाट शोभा अधिकारीको दाबी

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य तथा गोरखाबाट महासमिति सदस्य शोभा अधिकारीले गोरखा नगरपालिकाको मेयरमा दाबी गरेकी छन्।गोरखा नगरपालिकामा आफू लोकप्रिय भएको आधारमा नै सो पदको दाबी रहेको उनले थाहाखबरलाई बताइन्।गण्डकी प्रदेशकी सक्रिय महिला नेतृका रूपमा चिनिएकी अधिकारी निडर र क्षमतावान नेत्रीका रुपमा समेत आफ्नो पहिचान बनाउँदै आएकी छन्। हँसिली र मिजासिली स्वभाव रहेकी उनी सबै वर्ग र समुदायमा प्रिय छिन्।ब्यवस्थापन र समाजशास्त्रमा डबल डिग्री होल्डर शोभा समुदायमा सजिलै घुलमि

सम्बन्धित सामग्री

गोरखा नगरपालिका - ५ का वडाध्यक्षको मृत्यु

गोरखामा एक जना वडाध्यक्षको मृत्यु  भएको छ । गोरखा नगरपालिका - ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार  मृत्यु भएको हो । घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।

गोरखा नगरपालिका–५ का  वडाध्यक्ष रानाको निधन

काठमाडौं : गोरखा नगरपालिका–५ का  वडाध्यक्ष  खिलबहादुर रानाको निधन भएको छ।घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो।अस्पताल पुर्‍याउँदा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए।राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।उनका श्रीमती र एक छोरा छन्।

गोरखा नगरपालिका-८ मा तीन मतान्तरले माओवादी केन्द्र विजयी

गोरखा, २ जेठ : गोरखा नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम खत्री विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीलाई ३ मत अन्तरले पराजित गर्दै खत्री वडाध्यक्ष निर्वाचित भएका हुन् । खत्रीले ७ सय २२ मत प्राप्त गर्दा कांग्रेसका केसीले ७ सय १९ मत प्राप्त गरे । ४ वडा […]

गोरखा नगरपालिका–५ मा एमाले निर्वाचित

१ जेठ, गोरखा । गोरखा नगरपालिका- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिलबहादुर राना निर्वाचित भएका छन् । उनी ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी गिता थापा मगरले ४२८ मत ल्याएकी छन् ।

गोरखा नगरपालिका–४ मा माओवादी केन्द्रका भट्टराई विजयी

१ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्रका लाल प्रसाद भट्टराई विजयी भएका छन् । ५ सय ९७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् । उक्त वडामा कूल १ […]

गोरखा नगरपालिका-२ मा कांग्रेसको प्यानल नै विजयी

३१ वैशाख, गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए । उक्त वडामा कुल १ […]

गोरखा नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

३१ वैशाख, गोरखा । गोरखा नगरपालिका- १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर निर्वाचित भएका छन् । कुल खसेको एक हजार २१२ मतमध्ये उनले ४९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । कुँवरका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोविन्द प्रसाद भट्टराईले ३७१ र एमालेका उम्मेदवार कुमार बानियाँले २८० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

एकीकृत नगर विकास गुरुयोजना निर्माणमा गोरखा नगरपालिका

प्रदेश : गण्डकीजिल्ला: गोरखावडा संख्या: १४टोल विकास संस्था: २ सय २३कुल क्षेत्रफल : १३१.८६ वर्गकिलोमिटर पुरानो ५८ मध्येको एक हो— गोरखा नगरपालिका । चालू आर्थिक वर्ष २०७८-०७९ को आयव्ययको विवरण अझै पनि नगरपालिकाले वेबसाइटमा प्रकाशित गरेको छैन । नगरपालिकाले बजेट १० गते नै सभामा पेस गरेर सोही दिन पारित गरेको संघीय मामिला तथा सामान्य प्रशासन […]

गोरखाको दुई नगरपालिका र एक गाउँपालिकामा निषेधाज्ञा

गोरखाको दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ । गोरखा भित्रने मुख्य नाका रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा मंगलवार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।...