सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनावी तयारी समितिको बैठकमा सत्तारुढ दलका नेताहरुले महानगर र उपमहानगरको प्रमुखमा दाबी गरेका हुन्। नेपाली काँग्रेसले काठमाडौँ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको ती नेताले बताए।यस्तै ११ उपमहानग