काँग्रेस सर्लाहीमा संस्थापन प्यानल विजयी, सभापतिमा सिंह

नेपाली काँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए । उपसभापतिमै

सम्बन्धित सामग्री

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित हुनुभएको छ । स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका पोखरेलले शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आइतबार भएको निर्वाचनमा सभापतिमा पाँच जना उम्मेदवार रहेका थिए । […]

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाएका छन् । यसपटक सभापतिका लागि देउवा र शेखर कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

सभापतिमा निधिको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए। उनले आफ्नो प्यानल भने बनाएका छैनन्।   ...

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

पर्वत कांग्रेस सभापतिमा जोशी, स्याङ्जामा थापा

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन्। स्याङ्जा सभापतिमा राजु थापा बिजयी भएका छन्।...

कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन भएका छन् । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित भएका हुन् ।...

काँग्रेस भरतपुर महानगररपालिकाको सभापतिमा चित्रसेन विजयी

चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ । आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिनुभएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत […]

काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।

शशांक कोइरालाले भने- सभापतिमा मेरो दाबी हो

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन् । दाङको घोराहीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफु उठ्ने बताएका हुन् । पार्टीको महाधिवेशनमा सभापतिमा उठ्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’उनले उम्मेदवारीबाट पछाडि नहट्ने दाबी समेत गरे । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आ

कांग्रेस सभापति देउवाले भने- म सभापतिमा फेरि लड्छु

काठमाडौं। कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन्। आज बुढानिलकण्ठमा आफूनिकट प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गर्दै सभापतिमा दोहोरिने बताएका हुन्। "संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। म सभापतिमा फेरि लड्छु। मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको छ," देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता रामहरि खतिवडाले बताए।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ।