नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । कुल ४६ सय २३ मत खसेकोमा देउवाले २७३३ मत पाएका छन् । यसपटक सभापतिका लागि देउवा र शेखर कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि […]