काँग्रेस भरतपुर महानगररपालिकाको सभापतिमा चित्रसेन विजयी

चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ । आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिनुभएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत […]

सम्बन्धित सामग्री

उदयपुरको कटारीमा काँग्रेस विजयी

उदयपुरको कटारी नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । बुधबार विहान आएको मत परिणामअनुसार काँग्रेस उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ६ हजार ४१७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराल ५ हजार ९५२ मत पाए । एमालेका ज्ञानेन्द्र श्रेष्ठ ५ हजार ७१५ मत ल्याएर तेस्रो भए । उप मेयरमा भने एमाले उम्मेदवार गीता खड्का ६ हजार ४१३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत पाएका थिए ।

ताप्लेजुङमा चार स्थानीय तहमा काँग्रेस विजयी

फुङ्लिङ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली काँग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ । प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, […]

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेस विजयी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेस उम्मेदवार भक्तध्वज बोहरा विजयी भएका हुन् । बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काग्रेसकी गिता कुमारी नेपाल ४ हजार १५६ मतसहित निर्वाचित भइन् ।

पूर्वी नवलपरासीको हुप्सेकोटमा काँग्रेस विजयी

पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । ६ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो ।लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् भने काँग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् । पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७१४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६,४५५ र रानाले ५,७४१ मत पाएका थिए ।उपाध्यक्षमा काँग्रेसका पूर्णसिं रानाले ६,७५ र एमालेकी मनी पाण्ड

बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएकाे छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत मात्र पाए ।उपाध्यक्षमा पनि काँग्रेस नै विजयी भएकाे छ । मनिसासिंह थारु १० हजार १३४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी चमेलीकुमारी वाकबलले ९ हजार ३४१ मत मात्र पाइन् ।

मिथिला नगरपालिका–१ मा काँग्रेस विजयी

धनुषाको मिथिला नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । मिथिला नगरपालिका वडा नम्बर १ मा काँग्रेसका जोगी महतो ७७ मतान्तरले वडा अध्यक्षमा विजयी भएका हुन् । काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका महतोले ७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका थिए ।

बटेश्वर गाउँपालिका–१ मा काँग्रेस विजयी

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मतले विजयी भएका हुन् ।उनी सहित काँग्रेसको प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत ल्याएका थिए ।

देउवाको वडामा काँग्रेस पराजित ,बिपीका उम्मेदवार भण्डारी विजयी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा काँग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा काँग्रेसका उम्मेदवारलाई हराउँदै काँग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । काँग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् । शर्माले १९८४ मत प्राप्त गरेका छन् ।  पार्टीभित्र र बाहिर शर्मा लोकप्रिय छन् ।