सेयर बजार परिसूचक नेप्सेमा मौद्रिक नीतिको प्रभाव परेको छ । गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेसँगै डराएका लगानीकर्ताहरूले धमाधम सेयर बिक्री गर्न थालेपछि एकैदिन अधिकतम साढे २१ अर्ब माथिको कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१ सय ५४.०३ बिन्दुमा झर्दा अधिकतम २१ अर्ब ६४ करोड ७६ लाखको सेयर कारोबार भएको छ । बजार शुरु भए देखिनै निरन्तर ओरालो यात्रामा रहेको नेप