मौद्रिक नीति सकारात्मक : नाडा

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रतिक्रिया दिएको छ । अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समग्र रूपमा मूल्याङ्कन गर्दा देशको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रूपमा देखिएको बताएका हुन् ।मौद्रिक नीतिमा विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत् कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाको लागि प्रवाह हुने

सम्बन्धित सामग्री

‘स्वदेशी वस्तुको प्रवद्र्धन गर्न केन्द्रित मौद्रिक नीति सकारात्मक’

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९/०८० को स्वागत गरेको छ । महासंघले लामो समयदेखि स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको छ ।स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको सन्दर्भमा आफ्ना माग सम्बोधन हुने गरी […]

मौद्रिक नीति सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण : सिबिफिन

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि प्रयुक्त भएको कसिलो नीतिले प्रभावकारी काम नगर्ने ठहर गरेको छ । सिबिफिनले मौद्रिक नीति समग्रमा सकारात्मक भए पनि अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएका कारण नीतिले लिएका लक्ष्यको प्राप्ति र अवलम्बन गरेका कतिपय […]

मौद्रिक नीति यथार्थपरक, तर अग्र दृष्टिकोण भएन

मौद्रिक नीतिका मुख्य तीन वटा सकारात्मक पक्ष छन् र सम्बोधन गर्नुपर्ने तर छुटेका पनि तीन वटै विषय छन् । राम्रो पक्षको चर्चा गर्दा मौद्रिक नीति यथार्थपरक बनाइएको छ । मौद्रिक प्रक्षेपण, मौद्रिक योजना, क्रेडिट प्लानिङलाई यथार्थपरक बनाउनु राम्रो पक्ष हो । उदाहरणका लागि विस्तृत मुद्रा प्रदाय १२ प्रतिशत र निजी क्षेत्रमा जाने बैंक कर्जाको लक्ष्य […]

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाप्रति निजीक्षेत्र असन्तुष्ट

काठमाडौं, मंसिर १३ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले यसलाई नकारात्मक मान्न नहुने स्पष्ट गर्नुभयो । डा.महतले मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वाभाविक मान्नुपर्ने पनि बताउनुभयो । […]

किसान नअटाएको मौद्रिक नीति

सरकार परिवर्तनसँगै आगामी आर्थिक वर्ष २०७८-७९ का लागि मौद्रिक नीति ढिला गरी सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा सकारात्मक मानिएको छ । मौद्रिक नीतिले कोरोना कहरका कारण समस्याग्रस्त र संकुचनमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने नै छ । वित्तीय पहुँच वृद्धि र व्यवस्थापन गर्न, निक्षेप र कर्जाको ब्याजमा […]

मौद्रिक नीति सकारात्मक र सन्तुलित : सिबिफिन

काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सकारात्मक प्रतिक्रिया दिएको छ । कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउन सघाउनेगरी मौद्रिक नीति आएको सिबिफिनले बताएको हो । समग्रमा अर्थतन्त्रलाई कोभिडपूर्वकै लयमा फर्काउन महŒवपूर्ण ठानिएको मौद्रिक नीति सकारात्मक र सन्तुलित रहेको संस्थाको ठहर छ । ‘जारी मौद्रिक नीतिले विगत र वर्तमानका आन्तरिक एवं बाह्य आर्थिक सूचक एवं परिदृश्यहरूलाई दृष्टिगत गर्दै मुलुकको वर्तमान विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अवलम्बन गरेका कार्यदिशा र नीतिहरूले विगतमा जस्तै सुखद र सकारात्मक परिणाम दिनेमा सिबिफिन विश्वस्त छ,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षहरूबाट प्राप्त भएका सुझावहरूको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको सिबिफिनले बताएको छ । कोरोना प्रभावित उद्योग/व्यवसायको सम्बोधन, आर्थिक वृद्धि, मुद्रास्फीति, मूल्य स्थिरता, बजार व्यवस्थापन, वित्तीय स्थायित्व, आधुनिक भुक्तानी प्रणाली, आर्थिक लक्ष्य प्राप्ति जस्ता विषयहरूमा समेत मौद्रिक नीतिले स्पष्ट व्यवस्था गर्दै सकारात्मक सन्देश दिएको भन्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन र सुधारका निम्ति अपनाइएका कतिपय व्यवस्थाले भने बैंकिङ क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित बन्ने देखिएको औंल्याएको छ । यस्तै सीसीडी रेशियोको खारेजीसहित सीडी रेशियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले तरलता अभाव हुने, कर्जा प्रवाहमा चाप पर्ने र ब्याजदरमा समेत प्रभाव पर्ने संकेत गरेको विज्ञप्तिमा उल्लेख छ । साथै मार्जिन लेण्डिङको परिभाषामा रहेको अस्पष्टताले समग्रमा आर्थिक, औद्योगिक, नयाँ उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रको विकास एवं विस्तारमा संकुचन ल्याउन सक्ने सिबिफिनको ठहर छ । यस्ता विषयमा राष्ट्र बैंकले सहभागितामूलक छलफल र वस्तुनिष्ट मूल्यांकन गर्दै एकीकृत निर्देशनमार्फत समयसापेक्ष रूपमा सम्बोधन र सुधार गरी ल्याउने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक : परिसङ्घ

नेपाल उद्योग परिसङ्घले आफूहरुले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रसन्नता व्यक्त गरेको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्घको बुझाइ छ । परिसङ्घले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरुत्थानका लागि सहयोग गर्ने उल्लेख गरेको छ । मौद्रिक नीतिले ठूला उद्योगी÷व्यवसायीलाई भने सम्बोधन गर्न

मौद्रिक नीति सकारात्मक : उद्योग परिसङ्घ

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले आफूहरुले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रशन्नता व्यक्त गरेको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्घको बुझाइ छ । परिसङ्घले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको […]

साना उद्योगी व्यवसायीमैत्री मौद्रिक नीति आयो : अध्यक्ष कटुवाल

२९ साउन, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मौद्रिक नीतिले साना तथा मझौला उद्योगष्ी व्यवसायीहरुका पिरमार्का सुनेको प्रतिक्रिया दिएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक भएको उनले बताए । ‘कोरोना महामारीका कारण धेरै उद्योग व्यवसाय समस्यामा परेका छन्, धेरै समस्यामा पर्नेमा पनि साना तथा मझौला उद्योग व्यवसायहरु […]

पाण्डेले भने–समग्रमा मौद्रिक नीति स्वागतयोग्य

काठमाडौं, २९ साउन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा सिटिजन्स बैंक ईन्टरनेश्नलका निर्देशक प्रवलजंग पाण्डेले नेपाल राष्ट्र बैंकले आज ल्याएको मौद्रिक नीतिको स्वागत गरेका छन् । उनले समग्रमा मौद्रिक नीति सकारात्मक रहेको भन्दै स्वागत गरेका हुन् । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक […]