बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सभा पुस २० मा, हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेस हुने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । मङ्सिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्यांक्वेट, थिरबम भाटभटेनी, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको हो ।  सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ । साथै हाल कायम रहेको पूँजीको संरचना संशोधन गर्ने तथा अख्तियारीसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  त्यस्तै सभाले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

सम्बन्धित सामग्री

माउन्टेन हाइड्रोको साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ः१ को अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरू) माथि छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्तिसमेत गरेको छ । सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ति गर्ने तथा गाभ्ने प्रस्ताव पारित गरेको हो ।

सत प्रतिशत हकप्रद शेयर पारित गर्न अरुण भ्यालीले बोलायो असार ७ मा साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न असार ७ गते विशेष साधारण सभा गर्ने भएको छ ।  कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले विद्युत नियमन आयोगटबाट पूर्व स्वीकृती पाइसकेको छ । अव विशेष साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर र स्वीकृती पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८६ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ३ अर्ब ७३ करोड भन्दा बढी पुग्नेछ ।

बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

पुस ८, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।   कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएर आवश्यक प्रक्रिया पूरा गरेर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ ।