काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण पुस २१ गते गर्ने भएको छ । मङ्सिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय राममन्दिर मार्ग, बत्तीसपुतली काठमाडौंमा उक्त दिनको १२ः३० बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २८ देखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।