काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न असार ७ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले विद्युत नियमन आयोगटबाट पूर्व स्वीकृती पाइसकेको छ । अव विशेष साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर र स्वीकृती पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८६ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ३ अर्ब ७३ करोड भन्दा बढी पुग्नेछ ।