एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, ६६ % हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ४५ करोड ९२ लाखको ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ । कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ । अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ । यो रकम बीमा प्राधिकरणले तोकेभन्दा कम्पनीलाई रू. ८ करोड कम हो ।