हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न नारायणी डेभलपमेन्टले बोलायो साधारण सभा

पुस ८, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न २० औं वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २९ गते, होटल सेन्ट्रल पार्क, सौराह, चितवनमा दिउँसो ११:३० बजे भौतिक र भर्चुअल दुवै माध्यमबाट शुरु हुनेछ । कम्पनीले हाल प्रक्रियामा रहेको शतप्रतिशत हकप्रद निष्कासन गरेपश्चात कायम चुक्तापूँजीको १ बराबर १ अनुपातमा पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावका अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, कम्पनीको नियमावीमा संशोधन गर्ने रहेको छ । कमपनीले साधारण सभा प्रयोजनका लागि पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारमा पुस १९ गतेसम्मका कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित सामग्री