उद्यमी बनाउन एक अर्ब ६४ करोड लगानी

काठमाडौं, भदौ २८। मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी […]

सम्बन्धित सामग्री

महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम

चितवन। पूर्वी चितवनको रत्ननगरमा महिलालाई उद्यमी बनाउन शीपमूलक तालीम दिइएको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत ब्यूटीपार्लर र सिलाइकटाइको एड्भान्स तालीम सञ्चालन गरिएको हो । गत बिहीवारदेखि सञ्चालित तालीमको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले गरेका थिए । सो अवसरमा उनले ब्यूटीपार्लर र सिलाइकटाइ तालीम पूरा गरेका महिलालाई व्यवसाय सञ्चालनका लागि ‘मेयरसँग उद्यमशीलता’ कार्यक्रमअन्तर्गत विनाब्याज ३ लाख रुपैयाँ ऋण प्रदान गर्न सकिने बताए । नगरको गरीबी निवारणका लागि मेड्पा कार्यक्रमको बजेट घटेर आएपछि नगरपालिकाले बजेट थप गरी शीपमूलक तालीम शुरू गरेको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सन् २०३० सम्ममा गरीबी न्यूनीकरण गर्ने सरकारको लक्ष्य पूरा गर्न लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको बताए । तीनमहीने ब्यूटिपार्लरको एड्भान्स तालीममा वडा नं ३, ९ र १५ का २२ जना र सिलाइकटाइ तथा डिजाइनिङ तालीममा सोही वडाका १८ जनाको सहभागिता रहेको मेडपा कार्यक्रम संयोजक रामप्रसाद बस्ताकोटीले जानकारी दिए । गतवर्ष आधारभूत तालीम लिएका महिलाका लागि एड्भान्स तालीम दिइएको हो ।

ग्रामीण महिलालाई उद्यमी बनाउन संघ गठन

ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउन तथा उद्यमतर्फ आकर्शीत बनाउन महिला उद्यमी महासंघ नेपालले जुम्लामा आफ्नो संघ गठन गरेको छ।...

सफल उद्यमी बनाउन सहयोगी बन्दै

काठमाडौं– नेपाली युवा उद्यमी मञ्च उद्यमीहरूलाई सशक्तीकरण गर्ने र सफल उद्यमी बनाउने प्लेटफर्मका रूपमा रहेको छ । नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा लागेको मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ । मञ्चकी अध्यक्ष सहारा जोसीले यो महत्त्वपूर्ण अवसरका लागि आफ्नो उत्साह व्यक्त गर्दै २० औं वार्षिकोत्सवको यात्रा, यसमा सहभागी भएका सदस्य, साझेदारहरू र समर्थकहरूको अटल […]

वालिङमा उद्यमी बनाउन स्टार्टअपका रुपमा नगद अनुदान

स्याङ्जा । रोजगारी गुमाएका र नयाँ व्यावसाय सुरु गर्न चाहने वालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यावसाय सुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको हो । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको […]

चापागाँउमा महिलालाई उद्यमी तालिम

चापागाउँ- महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् । उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् । प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने […]

उत्कृष्ट तीन उद्यमी व्यवासायी पुरस्कृत

सिमकोट – हुम्लाका ३ उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन्। उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालय, हुम्लाका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग दिवसको अवसरमा जिल्ला भरिका उत्कृष्ट उद्यम व्यवसाय संचालन गर्ने तीन जना उद्यमी पुरस्कृत गरिएको जानकारी दिए । न्यून साधन श्रोतका बावजुद पनि राम्रोसँग उद्योग सञ्चालन गरेर आफूलाई सफल उद्यमी बनाउन सफल व्यक्तिहरुलाई प्रोत्साहन […]

कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान

वालिङ– कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। यसअघि पनि गतवर्ष २० जनालाई रु ५० हजारका दरले अनुदान […]

युवालाई उद्यमी बनाउन स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम

उद्योग सङ्गठन मोरङले स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ। व्यवसाय गर्ने सोच भएका युवाहरूलाई उद्यमी बन्न सघाउने उद्देश्यले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सञ्चालन गरेको हो।...

उद्यमी बनाउन सीपसंँगै उपकरण सहयोग

बेनी नगरपालिकाले गरिबी निवारणका लागि आयोजित तालिमबाट सीप सिकेका महिलालाई उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिममा सहभागीलाई सीपसँंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिन हस्तान्तरण गरेको हो ।मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको उपस्थितिमा सीप सिकेका ५५ जनालाई व्यावसायिक बनाउन प्रविधिमैत्री कपडा सिलाउने […]

उद्यमी बन्न चाहनु हुन्छ ? अब एपबाटै बिजनेस प्लान

२० पुस, काठमाडौं । रोजगारीका अवसर सिर्जना गर्न र युवालाई उद्यमी बनाउन बैंकहरुले विभिन्न शीर्षकमा सहुलियत ऋण उपलब्ध गराइरहेका छन् । शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था पनि गरेको छ । तर, सस्तो व्याजमा पाइने उद्यमशील कर्जाको पनि राम्रो उपयोग हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार […]