कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान

वालिङ– कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। यसअघि पनि गतवर्ष २० जनालाई रु ५० हजारका दरले अनुदान […]

सम्बन्धित सामग्री

स्थिर बजारलाई गतिशील बनाउन एक्स्पो

ट्रेड एक्स्पो २०२२ आयोजक समितिका संयोजक विकास वेगवानी विशाल मैदा मिल्स प्रालिका सञ्चालक पनि हुन् । नेपालकै जेठो व्यावसायिक संगठन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यमी वेगवानीसँग एक्स्पोको सेरोफेरोमा रहेर आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश : ट्रेड एक्स्पो किन र केका लागि आयोजना गरिएको हो ? एक्स्पोले उपभोक्ता र उत्पादकबीच सिधा संवादको वातावरण बनाउँछ । सबै किसिमको उत्पादन एकै थलोमा पाउने, उत्पादकले आफ्नो उत्पादनका विषयमा उपभोक्तासमक्ष कुरा राख्न पाउने र उपभोक्ताले पनि उत्पादनको गुणस्तरबारे अथवा थप सुझाव सोझै दिन पाउने भएकाले एक्स्पो आयोजना गरिएको हो ।  संघले लामो अन्तरालमा एक्स्पो गर्‍यो । के कारण थियो ? सन् २०१८ मा ट्रेड एक्स्पो गरिएको थियो । सन् २०१९ मा तयारी गर्दागर्दै कोरोना महामारी शुरू भएर रोक्नुपर्‍यो । त्यसैले ३ वर्षपछि आयोजना गरेका हौं । संघले लामो समयदेखि प्रत्येक वर्ष ट्रेड एक्स्पो गर्दै आएको थियो । यसपटक नवीन रिजालको नेतृत्वमा संघमा नयाँ कार्यसमिति आयो, कोरोना संक्रमण दर पनि कम भएर सर्वसाधारण हिँडडुल गर्न सक्ने स्थिति बनेपछि एक्स्पो आयोजना गर्न सकियो ।  यो एक्स्पोमा विगतको भन्दा केही छ कि ? सबैभन्दा पहिलो, नेपालमा अस्थायी डोमभित्र एसी जडान गरेर एक्स्पो सञ्चालन गरेका छौं । एसी डोमभित्र ८० ओटा स्टल छन् । विराटनगरमा गर्मी शुरू भइसकेकाले अवलोकनकर्तालाई सहज होस् भनेर एउटा डोमभित्र एसी राखेका छौं । अर्को डोममा कुलर छ र अन्य स्टल सामान्य छन् । मूलद्वारमा ‘लन्डन ब्रिज’ राखेका छौं । सेल्फी जोनमा बुर्ज खलिफा, ‘बुर्ज अल अरब’ र रसियाको ‘सेन्ट बेसिल’ राखेका छौं । ता कि सर्वसाधारणले विदेश नभए पनि ती स्थानमा पुगेर फोटो खिचेको अनुभव गर्न सकून् । त्यस्तै, पहिलोपटक एक्स्पोमा बन्जी, स्काई साइकल र जिपलाइन राखेका छौं । त्यसका अलावा घरेलुदेखि ठूला उद्योगसम्मको स्टल छन् ।  यो एक्स्पोले स्थिर रहेको बजारलाई चलायमान बनाउला ? बजारमा नगद प्रवाह कम भएको बेला उपभोक्ताले यहाँ आएर किनमेल गर्दा हुने रोटेसनले स्थिर बजारलाई पक्कै चलायमान बनाउँछ । एक्स्पोमा ४० करोडको कारोबार हुने अनुमान छ । एक्स्पोबाहिर पनि स–साना व्यापारीले कारोबार गरिरहेका छन् । यातायात, होटल र विराटनगर बजारमा पनि यसले चहलपहल बढाउँछ । एउटा धनकुटाबाट आउने उपभोक्ताको ध्येय मेला पनि अवलोकन गर्ने र बजारमा अरू सामान पनि किन्ने हुन्छ । ऊ आएर बस्ने होटल, चढ्ने सिटी रिक्साले पनि आम्दानी गर्छन् । धनकुटाकै पनि स्टलहरू छन् । उनीहरूले पनि आम्दानी गरेर जिल्ला लैजान्छन् । विराटनगरमा एक्स्पो आयोजना भए पनि यसले समग्र प्रदेश १ कै बजारलाई चलायमान बनाउँछ ।  एक्स्पोले प्रदेश १ लाई के फाइदा हुन्छ ? प्रदेश १ लाई समग्रमा एक्स्पोले समेटेको छ । दुर्गमदेखि सुगमसम्मका उत्पादनलाई एक्स्पोले समान अवसर दिएको छ । जिल्लाबाट मेला घुम्न र स्टलमा व्यापार गर्न आउने दुवैले लाभ लिन्छन् । खरीदविक्रीसँगै मनोरञ्जन पनि मेलामा छ । सांस्कृतिक कार्यक्रम र प्रत्येक साँझ नेपालका चर्चित कलाकारको प्रस्तुति छ ।  एक्स्पोमा छूट पनि पाइन्छ ? एक्स्पोमा १० देखि ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ । एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको ३ लाखले उक्त छूटबाट लाभ लिन सक्छन् ।

कोरोना प्रभावितलाई उद्यमी बनाउन नगद अनुदान

स्याङ्जा । कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यावशाय शुरू गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यावशाय शुरू गर्न नयाँ योजना पेस गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको हो । उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’का रूपमा २० जनालाई जनही ५० […]

झिनियाँको माग थेग्नै गाह्रो

रामपुर–तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि रामपुरका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका घरेलु उद्यमीले तयार गर्ने झिनियाँ रोटीको माग पाल्पालगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । झिनियाँको माग बढेपछि यहाँका घरेलु उद्यमी औँधी खुशी छन् । गत वर्ष कोरोना भाइरस सङ्क्रमणको […]

युवालाई उद्यमी बनाउन वालिङ नगरले दियो २० जनालाई ५०/५० हजार अनुदान

कोरोना महामारीबाट प्रभावित युवालाई उद्यमी बनाउने उद्देश्यसहित स्याङ्जाको वालिङ नगरपालिकाले जनही ५० हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

उद्यमी बनाउन रू. १ अर्ब ६४ करोड लगानी

काठमाडौं । मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी सृजना गर्नेदेखि लघु उद्यमीको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्र (उद्यम घर) स्थापना गर्दासम्म रू. १ अर्ब ६४ करोड लगानी भएको छ । मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)’ मार्फत यस कार्यक्रमका लागि कुल रू. २ अर्ब २४ करोड बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार एउटा नयाँ उद्यमी सृजना गर्दासम्म रू. २५ हजारदेखि रू. ३० हजारसम्म खर्च भएको छ । सरकारले ३६ हजार ४७९ जना नयाँ लघु उद्यमी सृजना गर्न रू. १ अर्बसम्म खर्चिएको छ । यसैगरी मेड्पाअन्तर्गत नयाँ उद्यमीका साथै उद्यमीको स्तरोन्नति, उद्यम घर र तालीम दिएकालाई शीपअनुसारको प्रविधि र सामूहिक रूपमा उद्यम घर निर्माण गर्दा कुल उक्त खर्च भएको मन्त्रालयका उपसचिव दिनेशसागर भुसालले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९)का कारण लक्ष्यअनुसार काम हुन नसकेको भुसालको भनाइ छ । उनले स्तरोन्नति गर्दा प्रति एक जनाका लागि रू. १० हजारदेखि रू. १२ हजारसम्म खर्च हुने किसिमले बजेट तोकेर पठाइएको जानकारी दिए । एउटा उद्यम घर बनाउन रू. ५ लाख लगानी गरिएको छ । मन्त्रालयका अनुसार गत आवमा १२ हजार १६३ लघु उद्यमीको स्तरोन्नति, १० हजार २०४ लघु उद्यमीहरूलाई नयाँ प्रविधि हस्तान्तरण गरिएको छ, भने ३४ साझा सुविधा केन्द्र बनेका छन् । नयाँ उद्यमी सृजनामा जस्तै स्तरोन्नतिको लक्ष्य पनि पुगेको छैन । गत आर्थिक वर्षमा यस कार्यक्रमअन्तर्गत ३३ हजार जना उद्यमीको स्तरोन्नति गरिने भनिए पनि जम्मा ३७ प्रतिशत लक्ष्य प्राप्त भएको छ । साझा सुविधा केन्द्र बनाउने लक्ष्य पनि जम्मा २३ प्रतिशत पूरा भएको छ । मेड्पा कार्यक्रमले १५० ओटा उद्यम घर बनाउने लक्ष्य राखेकोमा जम्मा ३४ ओटा केन्द्र स्थापना भएका छन् । प्रविधि हस्तान्तरण भने उल्लेख्य मात्रामा भएको पाइएको छ । १ हजार ५०० लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गर्ने लक्ष्य राखिएकोमा २९ हजार ९२ नयाँ लघु उद्यमीले प्रविधि प्राप्त गरेका छन् । यसमा मौरीको घार, सिलाइकटाइका मेशिन, अचार बनाउने, बेसार बनाउने मेशिन तथा प्रविधिहरू उपलब्ध गराइएको भुसालले बताए । यस्ता प्रविधि तालीम सम्पन्न गरी प्रमाणपत्र दिने बेलामा उद्यमीलाई उपलब्ध गराइएको मन्त्रालयले जानकारी दिएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरू भने यो कार्यक्रममा आकर्षित हुन नसकेको पाइएको छ । वैदेशिक रोजगारीबाट आएर बेरोजगार भएकालाई पनि यो कार्यक्रममा समेट्ने लक्ष्य लिइए पनि जम्मा २ हजार १२ जनाले यसमा सहभागिता जनाएका छन् । वैदेशिक रोजगारीबाट आएकाहरूले आपूmसँग शीप भएको तर पूँजी नभएको प्रतिक्रिया दिएको भुसालले बताए । उनीहरूले बैंकबाट सस्तोमा ऋण खोजेको देखिएको छ । उनले त्यसलाई सम्बोधन गर्न यो वर्ष सस्तो ऋण कसरी पाउने भन्ने निर्देशिका पुस्तक बनाउन लागिएको बताए ।

महिलालाई उद्यमसँग नजोडेसम्म अर्थतन्त्रले गति लिदैन  :  अध्यक्ष  गोल्छा

भदौ २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन् ।            नेपाल महिला उद्यमी महासंघले  गत भदौ १७ गतेदेखि शुरु गरेको ‘पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएका हुन् ।            ‘मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु विक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ’, उनले भने ।             अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको उनको भनाइ थियो । उनले अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको संख्या २ लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए।             व्यापार निकासी प्रवर्द्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे । आगामी दिनमा महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।             महासंघकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी दिइन् । कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।             महासंघकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तरराष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताइन्। महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासंघले डेलिभरी प्रदान गरेको बताइन् । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ ओटा प्रदर्शनी कक्ष राखिएको थियो ।             महासंघकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको बताइन् । हाल देशभर ५७ ओटा जिल्लामा महिला उद्यमी संघ गठन भए पनि पाँचौं मेलामा भने २४ ओटा जिल्लाका महिला उद्यमी संघको सहभागिता रहेको थियो ।             उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी संघ गोरखा प्रथम, महिला उद्यमी संघ सङ्खुवासभा द्वितीय र महिला उद्यमी संघ बाँके तृतीय भएका छन् । रासस

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रम देउवा

भदौ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ ।            महिला उद्यमी महासंघको पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको बुधवार भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।            ‘सबै नागरिकलाई चाँडै कोरोना खोप उपलब्ध गराएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले नेपाली उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न महिला उद्यमी महासंघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । यस्ता मेलाले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।            नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका उहाँले कोरोनाका कारण नेपालमा उत्पादन भएका सामान बजारसम्म पुग्न नसकेको वर्तमान परिवेशमा सरकारले बजारीकरणलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले भेलाको पूर्ण सफलताको कामनासमेत गर्नुभयो ।            महासंघकी अध्यक्ष रीता सिंहले महिला उद्यमीलाई प्रोत्साहन गर्दै महिलालाई आत्मनिर्भरताको बाटामा लैजानका लागि मेलाको आयोजना गरिएको जानकारी दिइन् ।  महासंघका प्रथम उपाध्यक्ष एवं मेलाका संयोजक नीरु रायमाझी खत्री, द्धितीय उपाध्यक्ष शोभा ज्ञवालीलगायतले नेपालमा उत्पादित कृषि सामग्री र हस्तकलाका सामग्रीलाई अर्थतन्त्रसँग जोड्न उक्त मेलाको आयोजना गरिएको बताए।             भर्चुअल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, विभिन्न देशका राजदूत तथा महिला उद्यमीको सहभागीता रहेको थियो । मेला पाँच दिनसम्म चल्ने महासंघले बताएको छ ।  रासस यो पनि हेर्नुस् : भदौ १७ गतेदेखि पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला- २०७८ हुँदै