वैशाख १२, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवो तेस्रो त्रैमाससम्म(चैत मसान्तसम्म) मा रू. ३ करोड २० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९ गुणा अर्थात् ८१६ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३५ लाख खुद नापाm कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३१६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड १७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४ करोड ८८ लाख पुगेको हो ।त्यसैगरी गत आवमा सञ्चालन नाफा रू. ४४ लाख ९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू.३ करोड ३९ लाख धनात्मक भएको छ।
चुक्तापूँजी रू.४९ करोड ३४ लाख रहेको उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४८ करोड ११ लाख र शेयर प्रिमियममा रू. २ करोड १९ लाख सञ्चित गरेको छ ।
चालू आवमा कम्पनीको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ११ रहेकोमा चालू आवको उक्त अवधिमा बढेर रू. ८ दशलमव ६६ पुगेको छ ।
त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४५ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६० दशमलव ८३,तरलता अनुपात ५५ दशमलव ३७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ५१ रहेको छ ।